आम सञ्चार विधेयकका लागि झापाबाट सुझाव संकलन शुरु

बनियानी, १७ भदौ । कोशी प्रदेशमा आम सञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदाका लागि झापाबाट सुझाव संकलन शुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ झापा शाखाका संयोजनमा आज यहाँ सुझाव संकलन गरेको हो । छलफल तथा सुझाव संकलन कार्यक्रममा मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले हाल निर्माण [...] The post आम सञ्चार विधेयकका लागि झापाबाट सुझाव संकलन शुरु appeared first on Jhapa Online.

Sep 2, 2024 - 14:22
 0
आम सञ्चार विधेयकका लागि झापाबाट सुझाव संकलन शुरु

बनियानी, १७ भदौ । कोशी प्रदेशमा आम सञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदाका लागि झापाबाट सुझाव संकलन शुरु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ झापा शाखाका संयोजनमा आज यहाँ सुझाव संकलन गरेको हो । छलफल तथा सुझाव संकलन कार्यक्रममा मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले हाल निर्माण गरिएको प्रारम्भिक विधेयकको मस्यौदाका मुख्य–मुख्य विषयमा जानकारी दिनुभएको थियो । मन्त्रालयले हाल निर्माण गरेको ६५ बुँदे मस्यौदामा न्यू मिडिया, युट्युब, विज्ञापन एजेन्सी लगायतलाई समेटिएको छ ।

कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष तारामणि सापकोटाले विधेयकलाई समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो । विधितालाई सम्बोधन गर्न सक्ने विधेयक बन्नुपर्नेमा जोड दिनुभयो ।

सहभागीले स्वरोजगारमूलक सञ्चारमाध्यमलाई स्थानीयस्तरमै दर्ता र सञ्चालन गर्न सक्ने प्रावधान ल्याउनुपर्ने सुझाव दिएका छन् । सहभागीले मस्यौमा रहेका विवादास्पद शब्दहरुलाई यकिन गर्न सुझाव दिएका छन् ।

विभिन्न जातजाति, भाषाभाषिसँग सम्बन्धित सञ्चारमध्यमलाई विशेष प्राथमिकता दिनुपर्ने सहभागीको सुझाव छ । स्थानीय स्तरका पत्रपत्रिका स्थानीय तहमै दर्ता गर्ने व्यवस्था गर्नुपर्ने सहभागीले सुझाव दिए ।

कार्यक्रममा पत्रकार गोविन्दचन्द छेत्री, राजेन्द्र गौतम, मनकुमार गदाल, लीलाराज खड्का, ज्ञानेन्द्र निरौला, इन्द्रजीत मुखिया, गणेशमान मुखिया, केशव आचार्य, दिपीन राई, सुब्रत न्यौपाने, सावित्रा दाहाल लगायतले मस्यौदामा समेट्नुपर्ने विषय औंल्याउनुभएको थियो ।

प्रदेशभित्र स्थापना तथा सञ्चालनमा रहेका सञ्चार माध्यमको दर्ता, नवीकरण र नियन्त्रण गर्न तथा स्वतन्त्र निष्पक्ष मर्यादित, व्यावसायिक र नागरिकप्रति जवाफदेही सञ्चार माध्यमको विकास र प्रबद्र्धन गर्न कोशी प्रदेश आम सञ्चार माध्यम व्यवस्थापन ऐन २०८१ निर्माण गर्न लागिएको मन्त्रालयका प्रदेश सचिव कमलबहादुर थापाले बताउनुभयो ।

उहाँले प्राप्त सुझावलाई विधेयकमा समेटिने बताउनुभयो । थप सुझावहरु इमेलमार्फत् पठाउन सकिने उहाँले बताउनुभयो । सरोकारवालासँग सुझाव लिएर विधेयक बनाउँदा प्रभावकारी हुने भएकाले जिल्लास्तरमा गएर सुझाव संकलन गरिएको उहाँले बताउनुभयो ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले विधेयकले सञ्चार क्षेत्रलाई संघीयताको अनुभूति दिलाउन सक्ने बन्नुपर्नेमा जोड दिनुभयो । फाइल बोकेर केन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य र व्यावसायिक बनाउने खालको नीति ल्याउनुपर्ने उहाँको सुझाव छ ।

कार्यक्रमको सञ्चालन महासंघ झापा शाखाका सचिव डिकेश लामाले गर्नुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार विक्रम लुइँटेल, पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, मन्त्रालयका कानून अधिकृत सुनिल रेग्मी, जिल्लाका अग्रज पत्रकार एवम् पत्रकार सम्बद्ध विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

The post आम सञ्चार विधेयकका लागि झापाबाट सुझाव संकलन शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register