सेवा निवृत्त शिक्षक खरेलको भव्य बिदाई

सरोज भट्टराईशिवसताक्षी, १७ भदौ । झापाको शिवसताक्षीको दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षकलाई सम्मान साथ घरसम्म स्कटिङ्ग गरेर विदाई गरिएको छ । आजबाट शिक्षण पेशाबाट सेवा निबृत्त हुनु भएका शिक्षक श्रीप्रसाद खरेललाई विद्यार्थीहरुले गाडीमा राखी बजार परिक्रममा गराई घरसम्म स्कटिङ्ग गरेर पुर्याएका हुन् । शिक्षक खरेल वि.सं. २०४१ आश्विन २४ गतेबाट आफु जलेर [...] The post सेवा निवृत्त शिक्षक खरेलको भव्य बिदाई appeared first on Jhapa Online.

Sep 2, 2024 - 14:34
 0
सेवा निवृत्त शिक्षक खरेलको भव्य बिदाई

सरोज भट्टराई
शिवसताक्षी, १७ भदौ ।
झापाको शिवसताक्षीको दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षकलाई सम्मान साथ घरसम्म स्कटिङ्ग गरेर विदाई गरिएको छ । आजबाट शिक्षण पेशाबाट सेवा निबृत्त हुनु भएका शिक्षक श्रीप्रसाद खरेललाई विद्यार्थीहरुले गाडीमा राखी बजार परिक्रममा गराई घरसम्म स्कटिङ्ग गरेर पुर्याएका हुन् ।

शिक्षक खरेल वि.सं. २०४१ आश्विन २४ गतेबाट आफु जलेर अरुलाई प्रकाश छर्ने शिक्षण पेशमा शिवसताक्षी दुधे कै सतासी प्राथमिक विद्यालयबाट शिक्षण पेशामा प्रवेश गरेका थिए । २०४८ साल मंसिर १ गतेदेखि प्रावि तहमा स्थायी र २०५७ साल चैत्र १ गतेदेखि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा सरुवा भएर आउनु भएको थियो ।

२०६१ साल बैसाख ३१ गते मावि तहमा कार्यरत रहँदा २०६३ सालदेखि भानु मावि लालझोडमा ४ वर्ष अध्यापन गराई २०६७ सालमा पुन राष्ट्रिय रमणीयमा अध्यापन गराउन थाल्नु भयो । लामो समय शिक्षण पेशामा लाग्नु भएका शिक्षक खरेल मावि तह द्वितीय श्रेणीमा रहँदा सेवा निबृत्त हुनु भएको हो । आफुले ३९ वर्ष ०८ महिना २४ दिन सेवा गरेको स्वयम शिक्षक खरेलले जानकारी दिए । खरेल सामाजिक विषयका शिक्षक हुन् ।

खरेलले आफु विदाई हुँदा विद्यालय परिसरमा आफ्नो दिवंगत पिताका सम्झानामा फुलको विरुवा रोपेका छन् । आज बुबाको मुख हुेर्ने दिन परेकोले पनि खरेलले पिताको सम्झाना विरुवा रोपेको बताए ।

शिक्षक खरेललाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले फुल माला, सहित मायाको चिनो प्रदान गरेका थिए । खरेलले लामो समयमा शिक्षण पेशामा रहेकाले केही समय आराम गर्ने र बाँकी समय सामाजिक सेवामा लगाउने बताएका छन् ।

शिक्षक विदाईमा शिक्षक गोविन्द काफ्ले, लीला गेलाल र राजकुमार ठाकुरले विदाइ मन्तव्य राखेका थिए, भने प्रअ लालमणी सुवेदीको अध्यक्षता र सञ्चालन अम्मिता राईले गरेका थिए ।

The post सेवा निवृत्त शिक्षक खरेलको भव्य बिदाई appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register