कञ्चनजंघा बहुद्देश्यीयको ८४ लाख बढी खुदनाफा

शिवसताक्षी, १७ भदौ । झापाको शिवसताक्षीमा कञ्चनजंघा बहुुद्देश्यीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कञ्चजंघाले शिवसताक्षी–८ डुडाँमारीमा इकाईगत साधारण सभा सम्पन्न गरेको हो । झापाको दमक मुख्य कार्यालय रहेको सहकारीले झापा र इलाम कार्य क्षेत्र बनाई मा ७ ओटा सेवा केन्द्र विस्तार गरिसकेको छ । साधारण सभामा संस्थाका अध्यक्ष मणिकुमार [...] The post कञ्चनजंघा बहुद्देश्यीयको ८४ लाख बढी खुदनाफा appeared first on Jhapa Online.

Sep 2, 2024 - 14:38
 0
कञ्चनजंघा बहुद्देश्यीयको ८४ लाख बढी खुदनाफा

शिवसताक्षी, १७ भदौ । झापाको शिवसताक्षीमा कञ्चनजंघा बहुुद्देश्यीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कञ्चजंघाले शिवसताक्षी–८ डुडाँमारीमा इकाईगत साधारण सभा सम्पन्न गरेको हो ।

झापाको दमक मुख्य कार्यालय रहेको सहकारीले झापा र इलाम कार्य क्षेत्र बनाई मा ७ ओटा सेवा केन्द्र विस्तार गरिसकेको छ । साधारण सभामा संस्थाका अध्यक्ष मणिकुमार भण्डारीले सञ्चालक समितिको प्रतिवेदन बाचन गर्र्दै आ.व. २०८०÷०८१ संस्थाले ८४ लाख २९ हजार ६५० खुद नाफा कमाएको बताए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले वि.स. २०१० सालबाट सहकारी विभाग हुँदै २०१३ सालमा सहकारी संस्थाको रुपमा सञ्चालन भई हाल सम्ममा सहकारीले सामाजिक र आर्थिक रुपमा विकास गरेको बताए ।

संस्थाले ग्रामीण भेगमा रहेर नागरिकको जीवन स्तर उकास्न मुख्य भुमिका खेलेको भन्दै थोरै थोरैे बचत गरेर मानिसको जिविको पार्जनमा टेवा पुगेको बताए ।

संस्थाले हालसम्मको कुल चुक्ता शेयर पुँजी ६ करोड ५१ लाख ७५ हजार, कुल बचत संकलन ५३ करोड,७४ लाख, ३४ हजार ९८९ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले ६३ करोड १० लाख, ७० हजार ऋण लगानी गरेको छ ।

संस्थाले डुडाँबारी सेवा केन्द्रका नयाँ बचत कर्ता तर्फ प्रर्मिला थुलुङ राई, नियमित बचततर्फ आइन्द्र आङदेम्बे, पेन्सन बचततर्फ लक्ष्मी खत्री, महिला बचत तर्फ संगीता राई र असल कर्जा तर्फ सुष्मा तामाङ्गलाई सम्मान गर्ने घोषणा गरेका छ । उनीहरुलाई केन्द्रिय कार्यालय दमकमा हुने माइनुट प्रमाणिकरण कार्यक्रममा सम्मान गरिने संस्थाले जनाएको छ ।

साधारण सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य नरेन्द्र दाहालले प्रस्तुत गरेका थिए ।

The post कञ्चनजंघा बहुद्देश्यीयको ८४ लाख बढी खुदनाफा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register