महासंघका अध्यक्ष ढकाल र मुख्य सचिव अर्यालबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र  नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालबीच भेटवार्ता भएको छ । अध्यक्ष ढकालसहित महासंघ कार्यसमितिले सोमबार मुख्य सचिव अर्यालसंग भेट गरेको हो । भेटमा अध्यक्ष ढकालले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोमा जोड दिए […]

Sep 2, 2024 - 17:53
 0
महासंघका अध्यक्ष ढकाल र मुख्य सचिव अर्यालबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र  नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ढकालसहित महासंघ कार्यसमितिले सोमबार मुख्य सचिव अर्यालसंग भेट गरेको हो । भेटमा अध्यक्ष ढकालले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोमा जोड दिए ।

ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले  सघाउने बताए । महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक रहेको उनले बताए ।

उनले निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले गरेको आग्रहलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह गरे । ढकालले  भने, ‘सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको छ ।’

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register