रूसी राष्ट्रपति पुटिनलाई मङ्गोलियामा भव्य स्वागत

मङ्गोलिया । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार मङ्गोलिया पुगेका छन् । मङ्गोलियाको राजधानी उलानबाटारमा उच्चस्तरीय भ्रमणका लागि विमानस्थलमा झरेपछि उनलाई भव्य स्वागत गरिएको थियो । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले गत वर्ष पक्राउ पुर्जी जारी गरेपछि पुटिनको आइसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो । पुटिनको यो भ्रमणलाई लिएर आइसिसी , किएभ, पश्चिमा र […]

Sep 3, 2024 - 00:53
 0
रूसी राष्ट्रपति पुटिनलाई  मङ्गोलियामा भव्य स्वागत

मङ्गोलिया । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार मङ्गोलिया पुगेका छन् । मङ्गोलियाको राजधानी उलानबाटारमा उच्चस्तरीय भ्रमणका लागि विमानस्थलमा झरेपछि उनलाई भव्य स्वागत गरिएको थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले गत वर्ष पक्राउ पुर्जी जारी गरेपछि पुटिनको आइसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो । पुटिनको यो भ्रमणलाई लिएर आइसिसी , किएभ, पश्चिमा र अधिकारवादी समूहहरूले आइसीसी निर्देशनको अवहेलनाको प्रदर्शनको रूपमा हेरिएको छ ।

सन् २०२२ मा युक्रेनी सेनाले युक्रेनमा आक्रमण गरेयता युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको अभियोगमा हेगस्थित अदालतले रूसी नेताविरूद्ध पक्राउपूर्जी जारी गर्दै उनलाई ‘सर्वाधिक खोजी’ को सूचिमा राखेको छ ।

किएभले गत हप्ता मङ्गोलियाली अधिकारीहरूलाई पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गरेका थिए भने आइसिसीले अदालतले मागेकाहरूलाई हिरासतमा लिनु आफ्ना सबै सदस्यहरूको ‘दायित्व’ रहेको बताएको थियो । क्रेमलिनले गत हप्ता पुटिनलाई पक्राउ गर्ने विषयमा रूसलाई कुनै ‘चासो’ नभएको बताएको थियो । रुस र चीनको बीचमा रहेको मङ्गोलिया सोभियत कालमा मस्कोको अधिपत्यमा थियो ।

सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि नै उसले क्रेमलिन र बेइजिङ दुवैसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न खोजेको छ । मङ्गोलियाले युक्रेनमा रुसको आक्रमणको विरोध गरेको छैन र संयुक्त राष्ट्रसङ्घमा द्वन्द्वसम्बन्धी मतदानमा अनुपस्थित रहेको छ । आइसिसीले सन् २०२३ को मार्चमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register