तमु समाज यूके आमा समूहको लेडिज नाइटसहित हरितालिका तीज

लन्डन । तमु समाज यूके आमा समूहले नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा एक विशेष कार्यक्रम गरेको छ । गत ३१ अगष्ट २०२४ शनिबार समाजको लन्डन वेम्लीस्थित बारहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा लेडिज नाइट तथा हरितालिका तीज कार्यक्रम भएको हो । उक्त कार्यक्रममा तमु समाज यूके आमा समूह आवद्ध दिदीबहिनीहरु एवं लन्डन वरपरका नेपाली […]

Sep 2, 2024 - 22:44
 0
तमु समाज यूके आमा समूहको लेडिज नाइटसहित हरितालिका तीज

लन्डन । तमु समाज यूके आमा समूहले नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा एक विशेष कार्यक्रम गरेको छ ।

गत ३१ अगष्ट २०२४ शनिबार समाजको लन्डन वेम्लीस्थित बारहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा लेडिज नाइट तथा हरितालिका तीज कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा तमु समाज यूके आमा समूह आवद्ध दिदीबहिनीहरु एवं लन्डन वरपरका नेपाली नारीको उल्लेख्य उपस्थिति थियो। तमु समाज यूके आमा समूहकी अध्यक्ष श्रीमति विमला गुरुङको अध्यक्षतामा भएको कार्यक्रम आमा समूहकी सचिव रमिला गुरुङले सञ्चालन गरेकी थिइन् ।

प्रमुख अतिथि जेष्ठ नागरिक श्रद्धेय विष्णुकुमारी गुरुङ, तमु समाज यूके अध्यक्ष श्रीमति बिन्दु घले, आमा समूहकी अध्यक्ष विमला गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष उमादेवी गुरुङ, पूर्व अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम समुद्घाटन गरेका थिए ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, तमुधिं यूके आमा समूहकी अध्यक्ष तथा प्रथम महिला सन्ध्या गुरुङ, कोने घोन्डे समाज यूके चेलिबेटी प्रमुख लिना गुरुङ, हातेमालो समाजका यूके अध्यक्ष राधा गुरुङ, अस्मी ज्वेलर्स साउथ ह्यारोकी प्रोपाइटर रन्जु श्रेष्ठ, आशा फेसनकी प्रवन्ध निर्देशक आशा भुसाल, उद्यमी एली गुरुङ लगायत तमु समाज यूकेका जेष्ठ नागरिक आमाहरु अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा सचिव सुश्री रमिला गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएकी थिइन्। त्यसैगरि आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले स्वागत मन्तव्य र आमा समूहकी अध्यक्ष विमला गुरुङले धन्यवाद मन्तव्य दिएका थिए । आमा समूहकी कोषाध्यक्ष सुश्री विभा गुरुङले तीज कार्यक्रमलाई विभिन्न किसिमका भौतिक र आर्थिक सहयोग गर्ने दाताहरुको नामावली वाचन गर्दै सबै दाताप्रति आभार व्यक्त गरिन् ।

यस वर्षको तीज कार्यक्रममा मनोरन्जनका निम्ति राखिएको राफल ड्रको प्रथम पुरस्कार सुनको चन्द्रमा श्री कृष्ण ज्वेलर्स (साउथ ह्यारो), दोश्रो पुरस्कार सुन र मोतीको खुकुरी सारी पिन अस्मी ज्वेलर्स (साउथ ह्यारो), तेश्रो पुरस्कार लक्ष्मी गुरुङ (ह्यारो) ले प्रायोजन गरेका थिए भने राफल ड्रका अन्य पुरस्कार आमा समूहका दिदीबहिनीले प्रायोजन गरेका थिए । यसवर्ष युवाले पहिलोपटक राफल ड्र कार्यक्रम 
सञ्चालन गरे ।

त्यसैगरि, नृत्यतर्फ उत्कृष्ट नृत्यङ्गना पुरस्कार सुनको तिलहरि प्रथम विजेता रितिका श्रेष्ठ (स्पोन्सर–तमु समाज यूके आमा समूह), दोश्रो विजेता विष्णु आले (स्पोन्सर–धनमाया गुरुङ), तेश्रो विजेता मिना तामाङ (स्पोन्सर–एली गुरुङ) ले तथा अन्य पुरस्कारहरु आमा समूहका सल्लाहकार दिदीबहिनीले प्रायोजन गरेका थिए ।

तीज कार्यक्रममा गरिएको नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्यङ्गनाको उपाधि सुश्री निकिता श्रेष्ठले जितिन् भने दोस्रो स्थान विष्णु आले र तेस्रो स्थान मिना तामाङले जिते ।

राफल ड्रको आकर्षक प्रथम पुरस्कार सुनको चन्द्रमा तमु समाज यूकेका पूर्व प्रथम महिला तथा सल्लाहकार श्रीमति विष्णुमति गुरुङले जितिन् ।

तीज कार्यक्रमको हल सजावटमा आमा समूहकी अध्यक्ष विमला गुरुङ, समाजकी अध्यक्ष बिन्दु घले र अन्यले सहयोग सहयोग गरेका थिए ।

कार्यक्रममा टिकेटिङमा आमा समूहकी कोषाध्यक्ष सुश्री विभा गुरुङ र श्रीमती सारा गुरुङ, पेय पदार्थ ब्यवस्थापन र वितरण सल्लाहकार हर्क बहादुर गुरुङ र सल्लाहकार उदय गुरुङले गरेका थिए।

कार्यक्रममा रारा क्याटर्सले खाना व्यवस्थापन गरेको थियो भने आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङ, तमु समाज यूके उपाध्यक्ष मिरा गुरुङ र सल्लाहकार सूर्य कुमारी गुरुङले सेलरोटी, दर र घीउ संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले प्रायोजन गरेका थिए।

दिउसो २ः३० बजे आरम्भ भएको तीज कार्यक्रम प्रज्वलमान गुरुङको डिजेसंगै बेलुका १० बजे समापन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register