संविधान संशोधन दुई दलले मात्र चाहेर हुँदैन : गृहमन्त्री लेखक

धनगढी । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले अहिलेको सरकार विशिष्ट परिस्थितिमा बनेकै कारण संविधान संशोधन दुई दलले मात्र चाहेर नहुने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । लेखकले सामान्य रुपमा देशको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने कुरा उचित […]

Sep 3, 2024 - 07:41
 0
संविधान संशोधन दुई दलले मात्र चाहेर हुँदैन : गृहमन्त्री लेखक

धनगढी । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले अहिलेको सरकार विशिष्ट परिस्थितिमा बनेकै कारण संविधान संशोधन दुई दलले मात्र चाहेर नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

लेखकले सामान्य रुपमा देशको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने कुरा उचित विशिष्ट परिस्थितिमा भने यस्तो सम्भव भएको बताए ।

उनले अहिलेको सरकारले विशिष्ट परिणाम पनि दिएको बताए । १८ वर्षदेखि संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकेकोमा सरकार बनेको केही समयमै निष्कर्षमा पुगेको उनको भनाइ छ ।

सशस्त्र संघर्षलाई मिलेर शान्ति प्रक्रियामा ल्याउन, अन्तरिम र नेपालको संविधान बनाउन समलेको प्रसंग खोल्दै लेखकले अहिले दुई ठूला दल मिलेर सरकार निर्माण हुँदा सुखद् परिणाम प्राप्त भइरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register