आरजुले भनिन्- एयर रुटको विषयमा भारतसँग बैठक गर्ने सहमति भयो

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नहरूको जवाफ दिँदै भ्रमणको मुख्य उद्देश्य दुईपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउने रहेको बताइन् । उनले यो भ्रमण गुडविल भिजिट भएको स्पष्ट पार्दै, एयर रुटको विषयमा भारतसँग टेक्निकल टिमको बैठक गर्ने सहमति भएको जानकारी गराइन् । आरजुले पञ्चेश्वर परियोजनाको सन्दर्भमा पनि […]

Sep 3, 2024 - 07:57
 0
आरजुले भनिन्- एयर रुटको विषयमा भारतसँग बैठक गर्ने सहमति भयो

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नहरूको जवाफ दिँदै भ्रमणको मुख्य उद्देश्य दुईपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउने रहेको बताइन् ।

उनले यो भ्रमण गुडविल भिजिट भएको स्पष्ट पार्दै, एयर रुटको विषयमा भारतसँग टेक्निकल टिमको बैठक गर्ने सहमति भएको जानकारी गराइन् ।

आरजुले पञ्चेश्वर परियोजनाको सन्दर्भमा पनि छलफल भएको र सहमति लगभग अन्तिम चरणमा रहेको बताइन् । इपीजीबारे भने कुनै छलफल नभएको र यो विषय उपयुक्त समयमा उठाइने उनले उल्लेख गरिन् ।

बङ्गलादेशसँग व्यापारको विषयमा समेत उनले चर्चा गर्दै, दुई दिनअघि मात्र त्यहाँका राजदूतसँग भएको भेटवार्तामा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउन छलफल भएको जानकारी गराइन् ।

राजदूत नियुक्तिको सन्दर्भमा उनले समावेशीकरणको कमी रहेको स्वीकार गर्दै, रिक्त रहेको एक स्थानमा मधेस क्षेत्रका प्रतिनिधिलाई समावेश गर्ने प्रयास भइरहेको बताइन् । दलित र मुस्लिम समुदायबाट सिफारिस हुन नसकेकोमा उनले माफी माग्दै, आगामी दिनमा यस्ता विषयमा ध्यान दिने प्रतिबद्धता जनाइन् ।

भारतका लागि शङ्कर शर्मालाई कार्यदक्षताको आधारमा राजदूत सिफारिस गरिएको समेत उनले प्रस्ट पारिन् । राजदूत नियुक्ति निर्देशिका संशोधनको आवश्यकतामा जोड दिँदै, समितिले यसबारे पहल गर्नुपर्ने उनको भनाइ थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register