आरजूले भनिन्- राजदूत सिफारिस समावेशी भएन, आईएम सरी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले राजदूत समावेशी नभएकोप्रति प्रश्न उठेपछि माफी मागेकी छन् । मङ्गलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सदस्यहरूले राजदूत सिफारिस समावेशी नभएकोप्रति प्रश्न उठाएका थिए । यसपछि परराष्ट्रमन्त्री आरजूले माफी मागेकी हुन् । उनले भनिन्, “यसपटक भएन, आईएम सरी !” उनले अगाडि भनिन्, “राजदूत नियुक्ति समावेशी भएन । अर्को नियुक्तिमा […]

Sep 3, 2024 - 09:05
 0
आरजूले भनिन्- राजदूत सिफारिस समावेशी भएन, आईएम सरी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले राजदूत समावेशी नभएकोप्रति प्रश्न उठेपछि माफी मागेकी छन् ।

मङ्गलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सदस्यहरूले राजदूत सिफारिस समावेशी नभएकोप्रति प्रश्न उठाएका थिए । यसपछि परराष्ट्रमन्त्री आरजूले माफी मागेकी हुन् ।

उनले भनिन्, “यसपटक भएन, आईएम सरी !”

उनले अगाडि भनिन्, “राजदूत नियुक्ति समावेशी भएन । अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउनेछौँ ।”

उनले शंकर शर्मालाई पुन: राजदूत नियुक्ति गरेकोबारे स्पष्टीकरण दिइन् । “भारतमा शर्मालाई हामीले कार्यदक्षताका कारण फेरि नियुक्त गरेका हौँ,” उनले भनिन् ।

राजदूत सिफारि समाेशी नभएकोबारे समितिका सदस्यहरूले प्रश्न उठाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register