आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लडेर बहुमतको सरकार बनाउँछ : उपाध्यक्ष गुरु बराल

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादीका केन्द्रीय उपाध्यक्ष गुरु बरालले नेकपा एमालेले आगामी निर्वाचनमा एक्लै चुनाव लडने र बहुमत ल्याएर एमालेले एक्लै सरकार बनाएर देशको विकासमा तथा समृद्धिको यात्रामा होमिने बताउनु भएको छ । नेकपा एमालेको उपाध्यक्ष रहेका नेता बरालले उदयपुरको गाईघाटमा मदन भण्डारी आँखा अस्पताल जिल्ला कार्य समिति उदयपुरद्धारा आयोजित अनौपचारिक कार्यक्रममा […]

Sep 3, 2024 - 09:47
 0
आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लडेर बहुमतको सरकार बनाउँछ : उपाध्यक्ष गुरु बराल

उदयपुर ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादीका केन्द्रीय उपाध्यक्ष गुरु बरालले नेकपा एमालेले आगामी निर्वाचनमा एक्लै चुनाव लडने र बहुमत ल्याएर एमालेले एक्लै सरकार बनाएर देशको विकासमा तथा समृद्धिको यात्रामा होमिने बताउनु भएको छ ।

नेकपा एमालेको उपाध्यक्ष रहेका नेता बरालले उदयपुरको गाईघाटमा मदन भण्डारी आँखा अस्पताल जिल्ला कार्य समिति उदयपुरद्धारा आयोजित अनौपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै २०८४ को निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बनेर सरकार बनाउने छ भने जनताका विकास निर्माणका समस्या तथा देश र जनताका पक्षमा उभिएर काम गर्न अघि बढ्ने बताउनु भएको छ ।

उपाध्यक्ष बरालले मदन भण्डारी आँखा अस्पताल नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले गरेको सामाजिक क्षेत्रको कामको परिणाम भएको र यही सामाजिक कामबाट नै एमाले सधैँ चर्चाको शिखरमा रहने गरेको बताउनु भयो ।
सो अवसरमा एमाले नतो बरालले मदन भण्डारी आँखा अस्पताल परिसरमा स्थापना गरिदै गरिएको मदन भण्डारी स्मृति उद्यानमा आफ्नो र श्रीमतीका नामबाट दुई थान बिरुवा रोपेर आफ्नो परिचय सहितको बोर्ड समेत राख्नु भएको छ ।


एमाले उपाध्यक्ष बरालले मदन भण्डारी लोक मार्गको उपादेयता, फाइदा, उद्योग व्यवसाय संचालनको सम्भाव्यता,हुलाकी राजमार्गको अवस्था र उपयोगिता, सामुदायिक बनको अवस्था र बहुउपयोगी बनस्पति तथा जडिबुटी लगाउने नीति लगायतका विषयमा नेकपा एमालेको नीतिका बारेमा स्पष्ट धारणा राख्नु भएको थियो ।


उक्त कार्यक्रममा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले मदन भण्डार िआँखा अस्पतालले हालसम्म गरेका क्रियाकलापका बारेमा जानकारी दिनुका साथै १२ पटक आँखा सेवा कार्यक्रम संचालन गरेको र ७ सय ७० जनाले आँखा उपचार सम्बन्धी सेवा पाएको जानकारी दिएका थिए ।

सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार अधिवक्ता बैकुण्ठ दाहाल, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, कोशी प्रदेशसभाकी उप सभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, एमाले जिल्ला कमिटीका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register