ओलीलाई माओवादीको प्रश्न- समिति नबनाउने, बाहिरचाहिँ महिला प्रधानमन्त्री बनाउँछु भन्दै हिँड्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले ‘एउटा बोल्ने, अर्कै गर्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिचान भएको भन्दै कटाक्ष गरेको छ । मङ्गलबार जारी प्रतिनिधि सभाको बैठकको शून्य समयमा भाग लिँदै माओवादी सांसद दुर्गा राईले यसरी कटाक्ष गरेकी हुन् । “एउटा कुरा गर्ने तर, अर्कै गर्दै हिँड्ने प्रधानमन्त्रीज्यूको पहिचान नै बनिसकेको छ,” उनले भनिन् […]

Sep 3, 2024 - 10:13
 0
ओलीलाई माओवादीको प्रश्न- समिति नबनाउने, बाहिरचाहिँ महिला प्रधानमन्त्री बनाउँछु भन्दै हिँड्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले ‘एउटा बोल्ने, अर्कै गर्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिचान भएको भन्दै कटाक्ष गरेको छ ।

मङ्गलबार जारी प्रतिनिधि सभाको बैठकको शून्य समयमा भाग लिँदै माओवादी सांसद दुर्गा राईले यसरी कटाक्ष गरेकी हुन् । “एउटा कुरा गर्ने तर, अर्कै गर्दै हिँड्ने प्रधानमन्त्रीज्यूको पहिचान नै बनिसकेको छ,” उनले भनिन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २५७ मा व्यवस्था गरिएको महिला समन्वय समिति बनाउनेबारे ध्यान नदिएको तर, बाहिर भने महिला प्रधानमन्त्री बनाउँछु भन्दै हिँडेको भन्दै प्रश्न गरिन्, “प्रधानमन्त्रीज्यू कहिले महिला प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ ? संसद्लाई जानकारी दिनुहोला । नियमावलीमा व्यवस्था गरिएको समिति बनाउन वातावरणचाहिँ नबनाउने तर, अर्कोतिर कुनै कार्यक्रममा भने महिला प्रधानमन्त्री बनाउँछु भन्नु कति जायज हुन्छ ?”

महिला समिति नबन्नुमा प्रतिनिधि सभाका महिला सांसदको दोष कहिल्यै नभएको उनले जिकिर गरिन् । “प्रधानमन्त्रीज्यूले नेपालमा महिला राष्ट्रपति, महिला सभामुख, महिला प्रधानन्यायाधीश र महिला मुख्यसचिव भइसकेको छ, अब महिला प्रधानमन्त्री चाँडै बनाउँछु भनेको सुनियो,” उनले भनिन्, “संसदलाई जानकारी गराउनुहोला ।”

यसअघि एक तीजविशेष कार्यक्रमा प्रधानमन्त्री ओलीले अब आफूले महिला प्रधानमन्त्री बनाउनेतर्फ कोसिस गर्ने बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register