साफ यू-२० को उपविजेता नेपाली टोलीका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ५० हजार रुपैँया पुरस्कार दिने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो । अगस्ट २९ मा सम्पन्न एन्फाको बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको […]

Sep 3, 2024 - 10:13
 0
साफ यू-२० को उपविजेता नेपाली टोलीका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ५० हजार रुपैँया पुरस्कार दिने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो ।

अगस्ट २९ मा सम्पन्न एन्फाको बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साथै, कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ । जसले कुल आम्दानीको २० प्रतिशत अर्थात् १५ हजार ४० रुपैयाँ प्राप्त थप खेलाडीले प्राप्त गर्नेछन् ।

प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, साहयक प्रशिक्षक ससेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ रुपैयाँ हजार प्राप्त गर्ने छन् । टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई पनि २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register