कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुबीच बचत रकम दुरुपयोग सम्बन्धमा छलफल

काठमाडौँ । प्रतिनिधि सभा संघिय संसदबाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन बिशेष समितिका सभापति सूर्य थापाले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसँग छलफल गरेका छन् । साना किसानको तर्फबाट प्रस्तुती सुनिसकेपछि प्रतिक्रिया दिँँदै सभापति सुर्य थापाले आफुले अहिलेसम्म सहकारीका समस्या मात्र सुनेको स्मरण गर्दै साना किसानहरुले गरेको योगदान र […]

Sep 3, 2024 - 10:29
 0
कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुबीच बचत रकम दुरुपयोग सम्बन्धमा छलफल

काठमाडौँ । प्रतिनिधि सभा संघिय संसदबाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन बिशेष समितिका सभापति सूर्य थापाले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसँग छलफल गरेका छन् । साना किसानको तर्फबाट प्रस्तुती सुनिसकेपछि प्रतिक्रिया दिँँदै सभापति सुर्य थापाले आफुले अहिलेसम्म सहकारीका समस्या मात्र सुनेको स्मरण गर्दै साना किसानहरुले गरेको योगदान र हासिल गरेको सफलताले आफुलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका हुन् ।

उनले सहकारीले उदाहरणीय कार्य गर्न सक्छन् भन्ने प्रमाण साना किसानले प्रस्तुत गरेको जानकारी पाउँदा खुसी लागेको जनाए । छानिवसमितिमा बसेर सहकारी क्षेत्रका विभिन्न कुराहरुलाई हेर्नेक्रममा साना किसान कृषि सहकारीहरुले समाजिक, आर्थिक र चेतनास्तर विकासमा गरेको योगदान प्रशंसनिय रहेको उल्लेख गरेका छन् । यसैगरी उनले अहिले सहकारीमा देखिएको समस्याका विभिन्न कारणहरुमध्ये राष्ट्रबैंकले अनुगमन गरेर दिएको प्रतिवेदन कार्यन्वयन नहुनु एक रहेको औँल्याएका छन् । सभापति थापाले देश भरको सहकारी दर्ता सुचना र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक रहेको समेत बताए । सहकारीको सिद्धान्त, नीति, विधि, पद्धती र प्रक्रियामा सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको बताउँदै सहकारीको मर्म र भावना विपरित सञ्चालन भएका सहकारीमा समस्या देखिएको जनाएका छन् ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीले समाजिक रुपान्तरणमा उल्लेखनीय भूमिका खेलेको जानकारी गराएका थिए । उनले सबै सहकारीमा समस्या नरहेको बताउँदैै राम्रा सहकारीको पहिचान गरेर राम्रालाई प्रोत्साहन गर्नुपर्ने माग गरेका छन् । देशभरका साना किसान कृषि सहकारी संस्थाहरुमा समस्या नरहेको भन्दै अध्यक्ष पाठकले संस्थालाई नीति, विधि र पद्धतीमा सञ्चालन गर्न सके कुनैपनि संस्थामा समस्या नआउने तर्क गरेका छन् । आफुहरुले नेपाल कृषि सहकारी केन्द्रीय संघ र यसको सञ्जालमा रहेका संस्थाहरुमा अनुगमन तथा निरिक्षणलाई प्रभावकारी बनाउँदै समस्या आउनै नदिन अधिकतम पहल गरेको जानकारी गराएका थिए ।

अध्यक्ष पाठकले साना किसान कृषि सहकारीहरुले सञ्चालन गरेको १ खर्व १२ अर्व रुपैयाँ अहिलेपनि सुरक्षित रहेको बताउनुभयो । छलफलका क्रममा अध्यक्ष पाठकले सरकारले किसानलाई प्रविधि, सिप, भण्डारण, औजार, सिँचाई, बीउ, मल आदिमा सहयोग गर्नुपर्ने माग गरेका छन् । यसैगरी उनले किसानले उत्पादन गरेको मासु, दुध तथा अन्य कृषिजन्य वस्तुको बजारिकरण गर्न सके उत्पादन केन्द्रीत काम गरिरहेका सहकारीहरुको समस्या समाधान हुने बताएका छन् ।

जुन सहकारीको सञ्चालक र कर्मचारीहरुलाई सदस्य तथा वचतकर्ताले चिन्दैन तिनै संस्थामा समस्या रहेको भन्दै उहाँले साना किसानमा आफै सदस्य आफै सञ्चालक र आफै कर्मचारी रहेकाले कुनै समस्या नरहेको बताए । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि प्रत्येक संस्थामा लेखा सूपरिवेक्षण समितिलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् ।

छलफल कार्यक्रममा २५ सहकारी संस्थाहरुका २८ जना सञ्चालक तथा प्रवन्धक, केन्द्रीय संघका अध्यक्ष सहित पदाधिकारीहरु, नि.महाप्रवन्धक सहित कर्मचारहिरुको उपस्थिती थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register