सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर २८३० दशमलव १६ को विन्दुमा पुगेको छ । आज ३२८ कम्पनीको १ लाख ४४ हजार १ सय ९७ पटकको कारोबारमा ३ करोड ५ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Sep 3, 2024 - 10:33
 0
सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर २८३० दशमलव १६ को विन्दुमा पुगेको छ ।

आज ३२८ कम्पनीको १ लाख ४४ हजार १ सय ९७ पटकको कारोबारमा ३ करोड ५ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँ रहेको छ ।

१०६ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आठ वटा उपसमूह घटेर बन्द हुँदा ५ वटा बढेको छ ।
मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register