लन्डन बेक्सलीमा कार्यवाहक राजदूत खनालसंगै मनाइयो तीज

लन्डन-हिन्दू नारीहरुको पर्व तीज लन्डनको बेक्सली बरोमा पनि एक विशेष कार्यक्रमसहित मनाइएको छ । समाजका अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षता तथा उपाध्यक्ष विजिता गौतमको संयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल सहभागी थिइन्। कार्यक्रम प्रमुख अतिथि कार्यवाहक राजदूत रोशन खनालको साथमा बिजिता गौतम, आराधना ज्ञवाली, माया गुरुङ र बिमला […]

Sep 3, 2024 - 12:47
 0
लन्डन बेक्सलीमा कार्यवाहक राजदूत खनालसंगै मनाइयो तीज


लन्डन-हिन्दू नारीहरुको पर्व तीज लन्डनको बेक्सली बरोमा पनि एक विशेष कार्यक्रमसहित मनाइएको छ ।

समाजका अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षता तथा उपाध्यक्ष विजिता गौतमको संयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल सहभागी थिइन्।

कार्यक्रम प्रमुख अतिथि कार्यवाहक राजदूत रोशन खनालको साथमा बिजिता गौतम, आराधना ज्ञवाली, माया गुरुङ र बिमला शर्मा धरेलले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

सो अवसरमा आफ्नो शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि रोशन खनालले विदेशी भूमि तथा फरक परिवेशमा रहेर पनि बेक्स्ली नेपाली समाजले आफ्नो देशको कला, संस्कार, संस्कृति जोगाउने साथै मौलिकता र राष्ट्रियता फैलाउने कार्य गरेकोमा धन्यवाद व्यक्त गरिन् । समाजले स्थानीय नेपालीहरूलाई स्वास्थ्यप्रति सजग बनाउन विभिन्न प्रकारका फिटनेस र योगालगायतका कार्यक्रमहरू सञ्चालन गरेकोमा प्रशंसा गर्दै उनले लन्डन दूतावासबाट समाजलाई आवश्यक सहयोग र सहकार्य रहिरहने बताइन् ।


समाजका अध्यक्ष डा हरिश ज्ञवालीले प्रमुख अतिथिसहित सबै अतिथि, सहभागी र सहयोगी सबैलाई धन्यवाद दिए । हालै अमेरिकामा भएको ममता काफ्लेको दुखद घटनासम्बन्धी सन्दर्भ जोड्दै उनले भविष्यमा यस्ता घटनाहरु हुन नदिन समुदायमा सतर्कता जरुरी रहेको औंल्याए ।

कार्यक्रम संयोजक एवम् समाजकी उपाध्यक्ष विजिता गौतमले स्वागत गर्दै समाजको आँगन सबैको साझा रहेको सन्देश दिइन् ।समाजका सल्लाहकार चन्द्रवीर गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराए ।महासचिव हिमाल गुरुङले सञ्चालन गरेको कार्यक्रमको सांस्कृतिक कार्यक्रम उपाध्यक्ष केदार थपलियाले संयोजन गरेका थिए।

कार्यक्रममा डायमन्ड बुद्धिष्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, समाजका पूर्व अध्यक्ष एवम् सोँपाल समाज यूकेका संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ, पूर्व अध्यक्ष आनन्द धरेल, साउथ इष्ट रिजनल तमुधिं यूकेका उपाध्यक्ष एवम् आमा समूह प्रमुख बिन्दु गुरुङ, नेप्लिज नर्सिंङ एशोसिएसन यूकेकी निवर्तमान अध्यक्ष सुनिता थापालगायत अतिथिहरूको उपस्थिति थियो ।

महिलाहरूको विशेष पर्व तीजका अवसरमा पुरुषहरूले प्रस्तुत गरेको एक सामूहिक नृत्यले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो ।

सो अवसरमा नेपालकै झल्को दिने गरी तीजका गीतहरुमा घण्टौंसम्म नाचगान गरिएको थियो । डिजे डिनले रमाइलो गीतहरु बजाएर दिदीबहिनी नचाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register