सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता, ग्राहकहरुलाई २० प्रतिशत छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरमा स्थित होटल भ्यु पोइन्टबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहक महानुभाव, सेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरुमा विशेष छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट […]

Sep 3, 2024 - 13:17
 0
सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता, ग्राहकहरुलाई २० प्रतिशत छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरमा स्थित होटल भ्यु पोइन्टबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहक महानुभाव, सेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरुमा विशेष छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहकहरुले सेवामा २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीले २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register