ब्याजदर घट्दा पनि ह्वात्तै घट्यो बजार, वाइकोको लापरवाहीले लगानीकर्ता थप प्यानिक !

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५४.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा पुगेको हो । ब्याजदर घट्दा पनि बजार ह्वात्तै घट्दा लगानीकर्ता निराश भएका छन् । त्यस्तै, आज वाइकोले दिएको सफ्टवेयर ह्याक भएर विभिन्न ब्रोकरको टिएमएसमा देखिएको समस्याले पनि बजार प्रभावित भएको हो […]

Sep 16, 2024 - 10:48
 0
ब्याजदर घट्दा पनि ह्वात्तै घट्यो बजार, वाइकोको लापरवाहीले लगानीकर्ता थप प्यानिक !

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५४.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा पुगेको हो ।

ब्याजदर घट्दा पनि बजार ह्वात्तै घट्दा लगानीकर्ता निराश भएका छन् । त्यस्तै, आज वाइकोले दिएको सफ्टवेयर ह्याक भएर विभिन्न ब्रोकरको टिएमएसमा देखिएको समस्याले पनि बजार प्रभावित भएको हो ।

सोमबार नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३१ करोड ११ लाख ४९ हजार ७ सय ३६ रुपैयाँ ८६ पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, सोमबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।  यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो  ।

यता, गुडविल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register