पाँच संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न पाँच संसदीय समितिका बैठक बस्दै छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल […]

Sep 4, 2024 - 03:09
 0
पाँच संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न पाँच संसदीय समितिका बैठक बस्दै छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ । यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने सूची रहेको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register