पलेशा गोवर्धन भन्छिन् – यो सुरुवात मात्र हो

काठमाडौं । पेरिस पारालिम्पकमा कास्यपदक जितेकी पलेशा गोवर्धनलगायत पारातेक्वान्दो टोलीलाई भव्य स्वागत गरिएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित बधाई कार्यक्रममा पलेशा तथा पारातेक्वान्दो टोलीमा स्वागत गरेको हो । स्वागत देखेर खुसी भएकी पलेशाले भनिन्, ‘म निकै खुसी छु । मैले पदकको लागि यति धेरै ‘हाइप’ हुन्छ भनेर अपेक्षा गरेको थिइन् ।’ ‘पलेशाले […]

Sep 4, 2024 - 07:17
 0
पलेशा गोवर्धन भन्छिन् – यो सुरुवात मात्र हो

काठमाडौं । पेरिस पारालिम्पकमा कास्यपदक जितेकी पलेशा गोवर्धनलगायत पारातेक्वान्दो टोलीलाई भव्य स्वागत गरिएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित बधाई कार्यक्रममा पलेशा तथा पारातेक्वान्दो टोलीमा स्वागत गरेको हो ।

स्वागत देखेर खुसी भएकी पलेशाले भनिन्, ‘म निकै खुसी छु । मैले पदकको लागि यति धेरै ‘हाइप’ हुन्छ भनेर अपेक्षा गरेको थिइन् ।’

‘पलेशाले पदक ल्याउँछ भनेर पेरिस ओलम्पिक २०२४ मा सबैले आशा गरेका थिए । मैले मेरो वाचा पूरा गरे । मैले एउटा पदक घरमा ल्याउन सफल भए । यो सफलता मेरो मात्र होइन, सबैको लागि हो । अब हामी गर्वका साथ भन्न सक्छौँ कि हामीसँग पनि एउटा ओलम्पिक पदक छ, ’ पलेशाले भनिन् ।

उनले नेपालले पदक ल्याउन सक्दैँन कि भन्ने भ्रमलाई चिरेर उदाहरण बनाएको बताए ।

‘ओलम्पिक पदकको लागि सबैको एउटा लामो पखाईंलाई पूरा गर्नु सकेकोमा म निकै खुसी छु । सबैले यसलाई असम्भव देखेको थियो, नेपालले ल्याउन सक्दैनकी भन्ने प्रश्न हुन्थे । अब मलाईं विश्वास सबै युवा तेक्वान्दो र अरु खेलाडीहरुले पनि देखि सक्नु भयो कि यो सम्भव छ,’ उनले भनिन् ।

पलेशाले सरकारबाट कति पाउनेछिन् पुरस्कार रकम ?

यद्यपि, स्रोत, सुविधा र तालिमको कमी भएको भने पलेशाले स्वीकारिन् । उनले भनिन्, ‘हामीसँग धेरै सुविधा थिएन । अन्तिम समयमा केवल हामीले एक महिना तालिम गरेका थियौँ । एक महिना लन्डनमा तालिम गरे र खेलको दिनमा आफुमा मैले गर्न सक्छु भन्ने आत्मविश्वास ल्याएँ र मैले गरेँ ।’

उनले आत्मविश्वासले सबै बलियो पक्ष हुने पनि बताइन् ।

‘सधैँ भन्छु कि आफुमा विश्वास गर्नुस् । तपाईंले आफुले आफुमा विश्वास गर्न सकेन भने केही पनि पाउन सक्नु हुन्न । त्यही हो सबैभन्दा बलियो पक्ष ।, ‘पलेशाले भन्,‘यो सुरुवात मात्र हो । अझै धेरै पूरा गर्न बाँकी नै छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register