एससीटीले ल्यायो ‘तिर्की दाउ : ट्रियल अफर’, ७७७ रुपैयाँसम्म क्यासब्याक पाइने  

काठमाडौं । हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी)ले ‘तिर्की दाउः ट्रियल अफर’ सार्वजनिक गरेको छ । यस, अफर अन्तर्गत एससीटी–यूपीएल डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा एइक् मार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म एससीटी–यूपीएल डेबिट कार्ड नलिएका ग्राहकले एससीटीसंग आबद्ध बैंक तथा […]

Sep 4, 2024 - 10:17
 0
एससीटीले ल्यायो ‘तिर्की दाउ : ट्रियल अफर’, ७७७ रुपैयाँसम्म क्यासब्याक पाइने  

काठमाडौं । हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी)ले ‘तिर्की दाउः ट्रियल अफर’ सार्वजनिक गरेको छ ।

यस, अफर अन्तर्गत एससीटी–यूपीएल डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा एइक् मार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

हालसम्म एससीटी–यूपीएल डेबिट कार्ड नलिएका ग्राहकले एससीटीसंग आबद्ध बैंक तथा वित्तीय संस्थाहरूमा गएर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससीटी–यूपीएल डेबिट कार्ड प्रयोग गरेमा १११ रुपैयाँको क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरै पटक कारोबार गर्दा ३३३ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा ७७७ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् ।

हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकटकको कारोबार मात्र अफरका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
साथै, भारतमा पनि नेपाली रुपैयाँ ‘२५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ’ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

अफरको विस्तृत विवरण र सर्त तथा बन्देजहरू एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यही सेप्टेम्बर १ देखि अक्टोबर ३१ सम्म लागु हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register