देउवाले भने- बालेन ‘अराजनीतिक’ भए

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अराजनीतिक भएको टिप्पणी गरेका छन् । बुधबार बिहान आफूलाई भेट्न बूढानीलकण्ठ आउने नेकपा (एमाले) का नेताहरूसँग कुराकानी गर्दै देउवाले मेयर बालेनप्रति यस्तो टिप्पणी गरेका हुन् । एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतका नेताहरूसँग देउवाले बालेन अराजनीतिक भएको बताएका […]

Sep 4, 2024 - 07:09
 0
देउवाले भने- बालेन ‘अराजनीतिक’ भए

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अराजनीतिक भएको टिप्पणी गरेका छन् ।

बुधबार बिहान आफूलाई भेट्न बूढानीलकण्ठ आउने नेकपा (एमाले) का नेताहरूसँग कुराकानी गर्दै देउवाले मेयर बालेनप्रति यस्तो टिप्पणी गरेका हुन् ।

एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतका नेताहरूसँग देउवाले बालेन अराजनीतिक भएको बताएका हुन् । “देउवालाई उद्धृत गर्दै निरौलाले भने, “अराजनीतिक मान्छेहरूले भीड उक्साउँछन् तर, जिम्मेवार दलहरूले त्यसलाई रोक्नुपर्छ ।”

देउवाले गत सोमबार टुँडिखेलमा गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजी नियोजित रूपमा गराइएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register