कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीको पक्षमा ६६ मत खसेको छ । विपक्षमा १५ मत खस्यो । दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् । त्यसपछि सभामुख अम्बरबहादुर विष्टले कार्कीले विश्वासको मत पाएको घोषणा गरे । वैशाख २७ गते संविधानको धारा […]

Sep 18, 2024 - 12:28
 0
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीको पक्षमा ६६ मत खसेको छ । विपक्षमा १५ मत खस्यो । दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।

त्यसपछि सभामुख अम्बरबहादुर विष्टले कार्कीले विश्वासको मत पाएको घोषणा गरे ।

वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले ३१ वैशाखमा विश्वासको मत लिएका थिए ।

तर, सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज पुन: विश्वासको मत लिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register