विशेष अदालतले ट्रान्सक्रिप्ट फिर्ता गर्दा घुस खानेलाई सफाइ दिएपछि अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । राजकुमार थापा र बुद्धिविलास धिताललाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । भ्रष्टाचारको मुद्दामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो । प्रतिवादी थापा र धितालमाथि शिक्षक छनौट प्रक्रियामा स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट फिर्ता गर्न घुस बापतको रूपमा १६ हजार लिएको आरोपमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ […]

Sep 4, 2024 - 13:37
 0
विशेष अदालतले ट्रान्सक्रिप्ट फिर्ता गर्दा घुस खानेलाई सफाइ दिएपछि अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । राजकुमार थापा र बुद्धिविलास धिताललाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । भ्रष्टाचारको मुद्दामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो ।

प्रतिवादी थापा र धितालमाथि शिक्षक छनौट प्रक्रियामा स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट फिर्ता गर्न घुस बापतको रूपमा १६ हजार लिएको आरोपमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले मिति गत साल मंसिर १३ गते उनीहरूलाई सफाइ दिएको थियो । उक्त सफाइमा चित्त नबुझेपछि अख्तियार सर्वोच्च पुगेको हो । विशेष अदालतले प्रतिवादीले शिक्षक छनौट प्रक्रियामा राखिएको खर्चको रूपमा उक्त रकम माग गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को कसुर हुनका लागि आवश्यक पर्ने प्रमाण नदेखिएको भन्दै सफाइ दिएको थियो ।

अदालतले प्रतिवादीले गरेको कामलाई घुस÷रिसवत नभई विद्यालयको लागि आवश्यक खर्चको रूपमा लिएको निष्कर्ष निकालेको थियो ।

अख्तियारले प्रतिवादीले रकम लिएको स्वीकार गरे तापनि, शिक्षा ऐन तथा नियमावलीमा विद्यालयले शिक्षक छनौट प्रक्रियामा खर्च माग गर्न पाउने व्यवस्था नरहेको र सो रकम विद्यालयको खातामा जम्मा नगरी नगद रूपमा माग गरिएको तर्क गर्दै विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गरेको छ ।

सर्वोच्चमा गरिएको पुनरावेदनमा अख्तियारले विशेष अदालतको निर्णयलाई बदर गरी प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय कायम गर्न माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register