बेलायतको वुल्भरह्याम्पटनमा रमाइलो तीज

लन्डन । मिडल्यान्डको वुल्भरह्याम्पटन क्षेत्रका नेपाली नारीहरुले एक कार्यक्रमसहित तीज मनाएका छन् । हाम्रो नेपाली समाज र सरल सहकारीको संयुक्त आयोजनामा सोमबार स्थानीय सितारा हलमा सम्पन्न कार्यक्रममा चार सय बढी महिलाको सहभागिता थियो । सो अवसरमा तीजको रमाइलो नाचगानका साथै राष्ट्रिय लोकदोहोरी गायिका कला लम्सालले पनि विशेष प्रस्तुति गरेकी थिइन् । कार्यक्रममा उपस्थित महिलाहरुलाई आयोजकले […]

Sep 4, 2024 - 16:35
 0
बेलायतको वुल्भरह्याम्पटनमा रमाइलो तीज


लन्डन । मिडल्यान्डको वुल्भरह्याम्पटन क्षेत्रका नेपाली नारीहरुले एक कार्यक्रमसहित तीज मनाएका छन् ।

हाम्रो नेपाली समाज र सरल सहकारीको संयुक्त आयोजनामा सोमबार स्थानीय सितारा हलमा सम्पन्न कार्यक्रममा चार सय बढी महिलाको सहभागिता थियो । सो अवसरमा तीजको रमाइलो नाचगानका साथै राष्ट्रिय लोकदोहोरी गायिका कला लम्सालले पनि विशेष प्रस्तुति गरेकी थिइन् ।

कार्यक्रममा उपस्थित महिलाहरुलाई आयोजकले निशुल्क दरको व्यवस्था गरेका थिए ।

हाम्रो नेपाली समाजकी कार्यवाहक अध्यक्ष लक्ष्मी खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बाग्लुंग जिल्लाबाट आएका शिक्षासेवी मेघनाथ गैरे थिए । सरल सहकारीका अध्यक्ष गुरु भण्डारी र हाम्रो नेपाली समाजका संस्थापक अध्यक्ष गंगाधर गौतमले शुभकामना मन्तव्य दिएका थिए।

समाजका महासचिव ईश्वर रिजालले सञ्चालन गरेको कार्यक्रममा एलिसा जोशी, सोफी घिमिरे र रिस्ता सापकोटाले आकर्षक नृत्य देखाएका थिए ।

सोही अवसरमा नेपालबाट आएका ज्येष्ठ नागरिक, हाम्रो नेपाली समाजकी पूर्व अध्यक्ष गोमा पौडेल तथा हालैको जिसिएसी मा मिडल्यान्डबाटै उत्कृष्ट नतिजा ल्याउने देवी खनाललाई पनि समाजले सम्मान गरेको समाजका पूर्व अध्यक्ष शिव खरालले नेपालीलिंकलाई जानकारी दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register