बेलायतका नेपाली कैलाश मानसरोवर यात्रामा निस्किए

लन्डन । बेलायत बस्ने नेपालीहरु तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिने कैलाश मानसरोवर यात्रामा निस्किएका छन् । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटका पदाधिकारी एवं सदस्यहरु सम्मिलित २८ जनाको टोली शनिबार सांझ कैलाश मानसरोवर यात्रामा निस्किएको हो । सेन्टरका अध्यक्ष विक्रम भट्टराई नेतृत्वको टोलीले करिब तीन साताको भ्रमणमा कैलाश मानसरोवर र नेपालका धार्मिक स्थलहरु […]

Sep 7, 2024 - 21:49
 0
बेलायतका नेपाली कैलाश मानसरोवर यात्रामा निस्किए

लन्डन । बेलायत बस्ने नेपालीहरु तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिने कैलाश मानसरोवर यात्रामा निस्किएका छन् ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटका पदाधिकारी एवं सदस्यहरु सम्मिलित २८ जनाको टोली शनिबार सांझ कैलाश मानसरोवर यात्रामा निस्किएको हो ।

सेन्टरका अध्यक्ष विक्रम भट्टराई नेतृत्वको टोलीले करिब तीन साताको भ्रमणमा कैलाश मानसरोवर र नेपालका धार्मिक स्थलहरु भ्रमण गर्ने कार्यक्रम छ ।

‘नेपालको धार्मिक पर्यटन प्रवर्धन पनि हाम्रो यात्राको उद्देश्य हो’, अध्यक्ष भट्टराईले जनाए- ‘धार्मिक तीर्थयात्राले मनमा शान्ति र एकअर्काप्रति सद्भाव पनि बढाउंछ ।’

कैलास पर्वत र मानसरोवर ताल चीनको स्वशासित क्षेत्र तिब्वतको पश्चिमी क्षेत्रमा अवस्थित हिन्दू, बौद्ध, जैन र बोन धर्म सम्प्रदायहरुको धार्मिक रुपमा पवित्र महातीर्थ स्थल मानिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register