अखिल क्रान्तिकारी झापामा विवेक दाहालको नेतृत्व

बिर्तामोड, १९ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाको नयाँ नेतृत्व चयन भएको छ । बुधबार बिर्तामोडमा सम्पन्न १८औँ जिल्ला सम्मेलनले विवेक दाहालको नेतृत्वमा ५३ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिका उपाध्यक्षहरुमा शेखर भट्टराई, पर्वत सुवेदी, गंगा बस्नेत, देविका थापा, सुजन दाहाल, सुसन लम्साल र नविन पौडेल रहेका छन् । [...] The post अखिल क्रान्तिकारी झापामा विवेक दाहालको नेतृत्व appeared first on Jhapa Online.

Sep 4, 2024 - 16:34
 0
अखिल क्रान्तिकारी झापामा विवेक दाहालको नेतृत्व

बिर्तामोड, १९ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाको नयाँ नेतृत्व चयन भएको छ । बुधबार बिर्तामोडमा सम्पन्न १८औँ जिल्ला सम्मेलनले विवेक दाहालको नेतृत्वमा ५३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

समितिका उपाध्यक्षहरुमा शेखर भट्टराई, पर्वत सुवेदी, गंगा बस्नेत, देविका थापा, सुजन दाहाल, सुसन लम्साल र नविन पौडेल रहेका छन् । सचिवमा गगन चापागाई, सहसचिवमा विरेन्द्र बस्नेत, भिष्म सम्बाहाम्फे, जानकी भट्टराई र जीवन भुजेल चयन भएका छन् । समितिको कोषाध्यक्षमा सिसमपा गुरुङ चयन भएकीछन् । सम्पूर्ण नेतृत्व सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) झापा अध्यक्ष तारा श्रेष्ठ, नेकपा माओवादी केन्द्र झापा संयोजक राजु आचार्य (अग्नी), वाइसीएल नेपालका केन्द्रीय सचिव डम्बर पुलामी (कर्मा), विद्यार्थीको प्रदेश फ्याक्सन इञ्चार्ज सीपी कडरिया, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव दिपेश पुनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व प्रदेश मन्त्री झलकसिंह दर्लामी (सन्देश), हरिकुमार राना, लक्ष्मी न्यौपाने (सरु), माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष विजय साम्पाङ, प्रदेश सदस्यहरु भुपाल सापकोटा, रोशन कन्दङ्वा, पुरुषोत्तम चुडाल (राजु), अरुण श्रेष्ठ लगायत उपस्थित थिए ।

अखिल क्रान्तिकारी झापा अध्यक्ष टिकाराम धमला ९रञ्जन०को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पञ्चा सिंह रहेकी थिइन् । सहभागीहरुलाई अखिल क्रान्तिकारी झापाका उपाध्यक्ष लक्ष्मी नेपालले स्वागत गरेका थिए भने सचिव राजन चापागाईले कार्यक्रम सञ्चालन गरेका थिए ।

The post अखिल क्रान्तिकारी झापामा विवेक दाहालको नेतृत्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register