काली मन्दिर टोल विकास संस्थाद्वारा तीज विषेश कार्यक्रम सम्पन्न

भद्रपुर, १९ भदौ । आउँदै गरेको हरितालिका (तीज) को अवसरमा कालीमन्दिर टोल विकास संस्था भद्रपुर ७ ले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष हुतराज (उत्तम) नेपालको सभापतित्व एवम नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा बुधबार पात्तालकाली मन्दिर पसिरमा सम्पन्न भएको हो । प्रमुख अतिथि कार्कीले ब्यानर वाचन गर्दै सामूहिक नृत्य गरेर कार्यक्रमको [...] The post काली मन्दिर टोल विकास संस्थाद्वारा तीज विषेश कार्यक्रम सम्पन्न appeared first on Jhapa Online.

Sep 4, 2024 - 17:10
 0
काली मन्दिर टोल विकास संस्थाद्वारा तीज विषेश कार्यक्रम सम्पन्न

भद्रपुर, १९ भदौ । आउँदै गरेको हरितालिका (तीज) को अवसरमा कालीमन्दिर टोल विकास संस्था भद्रपुर ७ ले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष हुतराज (उत्तम) नेपालको सभापतित्व एवम नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा बुधबार पात्तालकाली मन्दिर पसिरमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि कार्कीले ब्यानर वाचन गर्दै सामूहिक नृत्य गरेर कार्यक्रमको उदघाटन गरिएको थियो । उनले कार्यक्रममा सवै महिला एकजुट हुन आव्हन गरेकी थिइन् । सोही कार्यक्रममा हरितालिका तीजको महिमाका बारेमा बालव्यास पण्डित कमलनयन निरौलाले चर्चा गरेका थिए ।

सहसचिव हिमा न्यौपानेले स्वागत र सचिव जीवनमणि लम्सालले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाले शुभकामना मन्तव्य राखेका थिए भने अध्यक्ष नेपालले धन्यवाद ज्ञापन गरेका थिए । निस्मा निरौला र स्नेहा खनालले सञ्चलन गरेको साँस्कृतिक कार्यक्रममा तीज विषेश सामूहिक नृत्य गरेर दर खाएका थिए । कार्यक्रममा विभिन्न मन्दिर समिति,भजन समूह, टोल विकास संस्था लगायतको उपस्थिति रहेको थियो ।

The post काली मन्दिर टोल विकास संस्थाद्वारा तीज विषेश कार्यक्रम सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register