केएफसी कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु

काठमाडौं। केएफसी कर्पोरेट टी १० क्रिकेट प्रतियोगिता सेप्टेम्बर ७ देखि सुरु हुने भएको छ। एरोस सोल्यूशन प्रा।लिको गेटसेटगेमले आयोजना गर्न लागेको प्रतियोगिता आगामी शनिबार देखि काठमाडौंको चुनीखेल, कापनस्थित रोयल स्पोर्ट्स पार्कमा सुरु हुने लागेको हो। नेपालको पहिलो ओभल इनडोर मैदानमा आयोजना हुने यो प्रतियोगितामा ८ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। गत संस्करणको च्याम्पियन क्लाउडफ्याक्ट्रीसहित, क्रिएसन, केएफसी, टाकेओ […]

Sep 4, 2024 - 18:09
 0
केएफसी कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु

काठमाडौं। केएफसी कर्पोरेट टी १० क्रिकेट प्रतियोगिता सेप्टेम्बर ७ देखि सुरु हुने भएको छ।

एरोस सोल्यूशन प्रा।लिको गेटसेटगेमले आयोजना गर्न लागेको प्रतियोगिता आगामी शनिबार देखि काठमाडौंको चुनीखेल, कापनस्थित रोयल स्पोर्ट्स पार्कमा सुरु हुने लागेको हो।

नेपालको पहिलो ओभल इनडोर मैदानमा आयोजना हुने यो प्रतियोगितामा ८ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। गत संस्करणको च्याम्पियन क्लाउडफ्याक्ट्रीसहित, क्रिएसन, केएफसी, टाकेओ नेपाल, सूरी टेक्नोलोजी, बजरत्न एजेन्सी, भ्याली ग्रुप, र सबिसु यस प्रतियोगितामा भाग लिनेछन्।

प्रतियोगिताको संरचना लिग कम नकआउट आधारमा हुनेछ। ८ टोलीहरूलाई २ समूहमा विभाजन गरिनेछ। दुवै समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्। सेमिफाइनलका विजेताले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पोखरामा २ रात, ३ दिनको बसाई प्याकेज प्रदान गरिनेछ। यसका अतिरिक्त, होटेल सवारोवर, मिनिसो, काठमाडौं अर्गानिक्स, केएफसी, नेपमेड, र न्यूट्री एन्ड डाइटका तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरिनेछ।

पत्रकार सम्मेनलनमा एरोस सोल्यूशनका व्यवस्थापकीय निर्देशक राज जंग थापाले भने, ‘हामीलाई यो प्रतियोगिता आयोजना गर्दा गर्व लागेको छ। यसले कर्पोरेट खेलकुदमा नयाँ उचाइलाई छुन मद्दत गर्नेछ र सहभागी टोलीहरूलाई एक रोमाञ्चक अनुभव दिनेछ।’

पत्रकार सम्मेलनमा नेपाली महिला क्रिकेट टिमकी उपकप्तान विन्दू रावल र प्राविधिक संयोजक रविन्द्र गुप्ता, मुख्य प्रायोजक केएफसीका नीति बस्नेत, काठमाडौं अर्गानिकका डाइरेक्टर भुवन केसी, इको एडकी निशा श्रेष्ठ, हेटेल सरोबरकी सेल्स एन्ड मार्केटिङ हेड अनु महर्जन, चिरायु हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर नवराज भुजेलको उपस्थिति रहेको थियो ।

प्रतियोगिता कम्पनीहरूको बीचमा खेलकुद र मित्रवत प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजना गरिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register