नर्सिङ एसोसिएसनले उत्साहपूर्वक मनायो १६ औं स्थापना दिवस तथा तीज

  लन्डन । नेप्लिज नर्सिङ एसोसिएसन यूके (एनएनए यूके) ले आफ्नो १६ औं स्थापना दिवस तथा तीज उत्साहपूर्वक मनाएको छ । एसोसिएसनले गत २४ अगष्टमा स्थापना दिवससहित तीज विशेष कार्यक्रम गरेको हो । छोटो समयका वाबजुद पनि नर्सहरुको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको एसोसिएसनले जनाएको छ । कार्यक्रममा नाचगानसहित केक काटेर स्थापना दिवस मनाइएको थियो […]

Sep 4, 2024 - 22:12
 0
नर्सिङ एसोसिएसनले उत्साहपूर्वक मनायो १६ औं स्थापना दिवस तथा तीज

 

लन्डन । नेप्लिज नर्सिङ एसोसिएसन यूके (एनएनए यूके) ले आफ्नो १६ औं स्थापना दिवस तथा तीज उत्साहपूर्वक मनाएको छ ।

एसोसिएसनले गत २४ अगष्टमा स्थापना दिवससहित तीज विशेष कार्यक्रम गरेको हो ।

छोटो समयका वाबजुद पनि नर्सहरुको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको एसोसिएसनले जनाएको छ । कार्यक्रममा नाचगानसहित केक काटेर स्थापना दिवस मनाइएको थियो ।

बेलायतका लागि नेपाली कार्यवहाक राजदूत श्रीमति रोशन खनाल र नेप्लिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष रस्मिता दर्लामीले दीप प्रज्वलन गरि उक्त कार्यक्रम समुद्घाटन गरेका थिए ।

कार्यकारी सदस्य एवं लर्निङ एण्ड डेभलप्मेन्ट कोअर्डिनेटर अप्सरा सञ्जेलले पहिलो चरणको कार्यक्रम सञ्चालन गर्दै ‘हेल्थ एन्ड सेफ्टी’ ब्रीफ गरेकी थिइन् ।

औपचारिक कार्यक्रममा उपाध्यक्ष इन्दिरा बस्याल तिवारीले स्वागत मन्तव्य दिइन् ।

कार्यक्रममा प्रमुख अतिथी श्रीमति रोशन खनालले मन्तव्यका क्रममा एसोसिएसनले कोभिड महामारी होस् वा अन्य समयमा स्वास्थ्य सेवा तथा नर्सहरुको हकहितका लागि गरेका कार्यहरु प्रशंसनीय रहेको बताइन् । खनालले एसोसिएसनका हरेक कार्यक्रमहरुमा आफूले प्रत्यक्ष सहभागिता जनाउन पाएको पनि स्मरण गरिन् ।

अध्यक्ष रस्मिता दर्लामी र निवर्तमान अध्यक्ष सुनिता गौतमले कार्यवहाक राजदूत खनाललाई पुष्पगुच्छा, प्रमाणपत्र र सल ओढाएर सम्मान र विदाई गरेका थिए । खनाल आफ्नो कार्यकाल समाप्त गरि केही साताभित्र नेपाल फर्किने तयारीमा छिन् ।

सो अवसरमा बेजिङस्टक प्रतिनिधि श्रीमति निशा शर्माले पनि शुभकामना दिंदै एसोसिएसनका काममा सहयोग गर्ने बताइन् ।

कार्यक्रममा सदस्य अप्सरा सञ्जेलले प्रोफेशनल नर्स एड्भोकेट (पीएनए) बारे प्रस्तुति दिएकी थिइन् । पीएनए एनएनए यूकेले नयाँ सदस्यहरुका लागि निशुल्क रूपमा कार्यान्वयन गर्ने योजना बनाएको छ। सो अवसरमा कार्यसमिति सदस्यहरुको परिचय साथै अमेरिकामा दुःखद निधन भएकी नर्स ममता काफ्लेको सम्झनामा मौनधारण समेत गरिएको थियो ।

अध्यक्ष दर्लामीले पहिलो चरणको औपचारिक कार्यक्रम समापन गर्दै सबैप्रति आभार व्यक्त गरिन् । उनले महिलाहरुको महान पर्व तीजको शुभकामना समेत दिइन् ।

दोश्रो चरणको सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी वेलफेयर कोअर्डिनेटर बिनु लामिछानेले आफैंले प्रस्तुत गरेको नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । मन सुनुवार, सुनिता गौतम र इन्दिरा बस्यालले भगवान शिवको परम्परागत पूजा गरी सांस्कृतिक कार्यक्रम सुरुवात गरेका थिए ।

सो अवसरमा कार्यसमिति सदस्य सुनिता बोहोरा कार्कीले कविता वाचन गरेकी थिइन् भने अल्पना अधिकारीले गायन प्रस्तुत गरेर सबैलाई नचाएकी थिइन् ।

बिनुद्वारा सञ्चालित सरप्राइज खेल श्रीमति सुनिता छत्कुलीले जितिन् । उनलाई अध्यक्ष रस्मिता दरलामीले प्रायोजन गरेको उपहार प्रदान गरिएको थियो ।

राफल ड्र पनि कार्यक्रमको मुख्य आकर्षण रह्यो ।

राफल ड्र राम दरलामीद्वारा प्रायोजित लन्डनदेखि पेरिससम्मको यूरोस्टार टिकट प्रसुना कंडेलले जितिन् भने ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले प्रायोजन गरेको दोश्रो पुरस्कार एकसय पाउण्डको अमेजन भौचर इन्दिरा बस्याल तिवारी र पवित्रा चेम्जोङ गुरुङले प्रायोजन गरेको एटोमी स्किन केयर गिफ्ट प्याक बिन्दा फुंयालले जितिन् ।

बेजिङस्टोकस्थिच चुलो थकाली रेष्टुरेन्टको सौजन्यमा स्वादिष्ट थकाली खाना खुवाइएको थियो भने डिजे सन्तोषले प्रस्तुत गरेको गीत संगीतमा सहभागी सबै धित मरुन्जेल नाचेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register