इटालीको लाम्पेडुसा टापु नजिकै डुङ्गा डुब्दा कम्तिमा २० जना आप्रवासी बेपत्ता

रोम । इटालीको लाम्पेडुसा टापु नजिकै एउटा डुङ्गा डुब्दा त्यसमा सवार कम्तिमा २० जनाआप्रवासी बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनएचसिआरका एक वरिष्ठ अधिकारी चियारा कार्डोलेटीका अनुसार सेप्टेम्बर १ मा भएको डुङ्गा दुर्घटना ती आप्रवासी बेपत्ता भएका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेकी छिन् – लाम्पेडुसामा हाम्रो टोलीले उद्धार गरेका सातजना बाँचेका […]

Sep 5, 2024 - 01:01
 0
इटालीको लाम्पेडुसा टापु नजिकै डुङ्गा डुब्दा कम्तिमा २० जना आप्रवासी बेपत्ता

रोम । इटालीको लाम्पेडुसा टापु नजिकै एउटा डुङ्गा डुब्दा त्यसमा सवार कम्तिमा २० जनाआप्रवासी बेपत्ता भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनएचसिआरका एक वरिष्ठ अधिकारी चियारा कार्डोलेटीका अनुसार सेप्टेम्बर १ मा भएको डुङ्गा दुर्घटना ती आप्रवासी बेपत्ता भएका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेकी छिन् – लाम्पेडुसामा हाम्रो टोलीले उद्धार गरेका सातजना बाँचेका व्यक्ति गम्भीर अवस्थामा छन्, साथै उनीहरूमध्ये धेरैले यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका छन् ।

इटालीको तटरक्षकले बुधबार बिहान उद्धार गरेको बताउँदै २१ जना हराइरहेका छन् ।

तटरक्षकका अनुसार लाम्पेडुसाबाट २० किमी टाढा भेटिएको उक्त डुंगा पानीमा आधा डुबेको र डुब्न लागेको अवस्थामा थियो, जसमा सात जना आप्रवासी थिए, सबैजना सिरियाका पुरुष थिए । जसमा तीन बच्चाहरू छन् । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का अनुसार सन् २०२३ मा उत्तर अफ्रिकाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेपछि थप तीन हजार आप्रवासी बेपत्ता भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register