पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल […]

Sep 15, 2024 - 16:16
 0
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाउने निर्णय गरेको हो । घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुने निगमले जनाएको छ ।

त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register