ओलीको ७७ हजार फलोअर्स गुम्यो, बालेनको एक लाख थपियो

झापा, २० भदौ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएपछि ओलीले झण्डै ७७ हजार फलोअर्स गुमाएका छन् । ओलीका फलोअर्स घट्दा बालेनका भने करिब एक लाख फलोअर्स बढेका छन् । बालेन समर्थले मंगलबारदेखि सुरु गरेको यो अभियानको प्रभावस्वरुप दुईदिनमै एमाले अध्यक्षसमेत [...] The post ओलीको ७७ हजार फलोअर्स गुम्यो, बालेनको एक लाख थपियो appeared first on Jhapa Online.

Sep 5, 2024 - 06:58
 0
ओलीको ७७ हजार फलोअर्स गुम्यो, बालेनको एक लाख थपियो

झापा, २० भदौ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएपछि ओलीले झण्डै ७७ हजार फलोअर्स गुमाएका छन् । ओलीका फलोअर्स घट्दा बालेनका भने करिब एक लाख फलोअर्स बढेका छन् ।

बालेन समर्थले मंगलबारदेखि सुरु गरेको यो अभियानको प्रभावस्वरुप दुईदिनमै एमाले अध्यक्षसमेत रहेका ओलीलाई ७७ हजारले अनफलो गरेका हुन्। मंगलबार र बुधबार धेरै फलोअर्स गुमाएका ओलीलाई आज भने अनफलो गर्ने क्रम घट्न थालेको छ ।

बालेनका समर्थकले ओलीविरुद्ध यो अभियान चलाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा ओलीका फलोअर्स ६ लाख ६६ हजार थिए। बिहीबार बिहानसम्म उनका फलोअर्स ७७ हजार घटेर ५ लाख ८९ हजारमा झरेको छ । बालेनका समर्थको यो अभियानपछि धेरैले नेपालको राजनीतिमा सक्रिय कुन दलका नेताका फलोअर्स कति छन् भन्ने खोजी गर्न थालेका छन् ।

काठमाडौँका मेयर बालेनका फलोअर्स भने फेसबुकमा २१ लाख छन् । जनप्रतिनिधिमा सबैभन्दा धेरै फलोअर्स हुने नेतामा पर्छन् बालेन । उनको कुनै दल छैन । उनी स्वतन्त्र मेयर हुन् ।

राजनीतिमा रहेका शीर्ष नेतामध्ये सबैभन्दा धेरै फलोअर्स भएका नेता नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन् । फेसबुकमा उनका १४ लाख फलोअर्स छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको १२ लाख ९०, जनमत पार्टीका अध्यक्ष सीके राउतको ६ लाख ६७ हजार, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकमा ५ लाख ७६ हजार, कांग्रेस सभापति शेरबहादुर देउवाको २ लाख ६५ हजार, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको १ लाख ९२ हजार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देनको १ लाख ५० हजार, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको २६ हजार, जसपा अध्यक्ष अशोक राईको फलोअर्स ७ हजार ३ सय फलोअर्स छन् ।

धेरै फलोअर्स हुने जनप्रतिनिधिमा सुनसरीको धरानका मेयर हर्क सम्पाङ पनि पर्छन् । फेसबुकमा उनका फलोअर्स ८ लाख ६८ हजार छ। त्यस्तै धनगढीका मेयर गोपी हमाललाई ३ लाख ६ हजारले फेसबुकमा फलो गरेका छन् । नेपाल खबरबाट

The post ओलीको ७७ हजार फलोअर्स गुम्यो, बालेनको एक लाख थपियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register