मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई समात्न पक्राउ पुर्जी जारी

झापा, ३ असोज । प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कटु आलोचक मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । मेडिकल व्यवसायी प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न [...] The post मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई समात्न पक्राउ पुर्जी जारी appeared first on Jhapa Online.

Sep 19, 2024 - 02:13
 0
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई समात्न पक्राउ पुर्जी जारी

झापा, ३ असोज । प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कटु आलोचक मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गर ेको बताइएको छ ।

ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगार्डका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंसँग पक्राउ गर्न अनुमति माग गरेको माग गरेको आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरूविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोत बताउँछ । सामाजिक सदभाव भड्काउने शैलीमा अभिव्यक्ति दिएकाले सोही कसुरमा उनीमाथि अनुसन्धान अघि बढेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

The post मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई समात्न पक्राउ पुर्जी जारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register