महासचिव पोखरेलको आरोप – प्रचण्डका कारण संसद्‌मा तिक्ततापूर्ण बहस चल्यो

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्‌मा चलिरहेको तिक्ततापूर्ण बहसको कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको आरोप लगाएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँगको भेटघाटमा महासचिव पोखरेलले प्रचण्डमा कुनै संसदीय मूल्य र मान्यता नभएको पनि बताए । प्रचण्डले सत्ता छोड्दाको गलत र कुण्ठाग्रस्त अभिव्यक्ति दिएकोले संसद्‌मा प्रतिपक्षको मर्यादा नभएको पोखरेल बताउँछन् । ‘विपक्षी […]

Sep 5, 2024 - 07:45
 0
महासचिव पोखरेलको आरोप – प्रचण्डका कारण संसद्‌मा तिक्ततापूर्ण बहस चल्यो

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्‌मा चलिरहेको तिक्ततापूर्ण बहसको कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको आरोप लगाएका छन् ।

सुर्खेत विमानस्थलमा पत्रकारसँगको भेटघाटमा महासचिव पोखरेलले प्रचण्डमा कुनै संसदीय मूल्य र मान्यता नभएको पनि बताए ।

प्रचण्डले सत्ता छोड्दाको गलत र कुण्ठाग्रस्त अभिव्यक्ति दिएकोले संसद्‌मा प्रतिपक्षको मर्यादा नभएको पोखरेल बताउँछन् ।

‘विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरीत काम गरेका छन्’ उनले भने, ‘संसद्‌मा विपक्षी दलका नेताले नेपाल श्रीलंका र बङ्गलादेश बन्छ भनेर दिएको अभिव्यक्ति अराजनीतिक र असंसदीय हो ।’

अहिले देशमा तीनवटा अतिवाद हावी भएको त्यसबाट सचेत रहन आवश्यक रहेको पोखरेलले बताए ।

‘जातीय अतिवाद, धार्मिक अतिवाद र धर्मान्तरले नेपालको मौलिक परम्परालाई ध्वस्त पार्न लागेको छ’ उनले भने, ‘नेपालको मौलिक संस्कृतिको महत्वलाई हामीले बुझ्नु पर्दछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register