मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलले कर्पोरेट एडभाईजरी सेवा दिने

काठमाडौं । दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पुँजीबृद्धी र आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धि सम्झौता गरेको छ । सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा.विनोद […]

Sep 5, 2024 - 08:25
 0
मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलले कर्पोरेट एडभाईजरी सेवा दिने

काठमाडौं । दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पुँजीबृद्धी र आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा.विनोद साहबिच हस्ताक्षर भएको छ ।

मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राईभेटबाट पव्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । योसँगै यस कम्पनीले २० प्रतिशत सेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ ।

नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सकहरु र फर्मा बैज्ञानिकहरुको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्टियस्तरको क्रोनिक सेगमेन्टका औषधीहरु उत्पादन गर्ने कम्पनी हो । हाल यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधी उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सिईओ सुशिल पौडेलले जानकारी दिए ।

हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्तापुँजी बृद्धि गर्दैछ । पुँजीबृद्धिपछी यस कम्पनीले आईपिओ निष्काशन गर्ने भएको हो । सोका लागि एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register