भेनेजुएलामा षडयन्त्रको आरोपमा अमेरिकी र स्पेनी नागरिक पक्राउ, अमेरिकाले गर्‍यो आरोपको खण्डन

एजेन्सी । भेनेजुएलाले राष्ट्रपति निकोलास मडुरोको सरकारविरुद्ध षडयन्त्र गरेको आरोपमा तीन अमेरिकी नागरिक र दुई स्पेनी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरू मडुरोको सरकार ढाल्न र उच्च अधिकारीहरूको हत्या गर्न योजना बनाइरहेको देशका आन्तरिक मामिला मन्त्री डियोसडाडो कबेयोले दाबी गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला कबेयोले पक्राउ परेकाहरूले भाडाका सैनिकहरू […]

Sep 15, 2024 - 08:08
 0
भेनेजुएलामा षडयन्त्रको आरोपमा अमेरिकी र स्पेनी नागरिक पक्राउ, अमेरिकाले गर्‍यो आरोपको खण्डन

एजेन्सी । भेनेजुएलाले राष्ट्रपति निकोलास मडुरोको सरकारविरुद्ध षडयन्त्र गरेको आरोपमा तीन अमेरिकी नागरिक र दुई स्पेनी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू मडुरोको सरकार ढाल्न र उच्च अधिकारीहरूको हत्या गर्न योजना बनाइरहेको देशका आन्तरिक मामिला मन्त्री डियोसडाडो कबेयोले दाबी गरेका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला कबेयोले पक्राउ परेकाहरूले भाडाका सैनिकहरू ल्याएर मडुरो, उपराष्ट्रपति डेल्सी रोड्रिगेज र अन्य नेताहरूको हत्या गर्ने योजना बनाएको खुलासा गरे ।

उनले थप ४०० बन्दुक पनि कब्जा गरिएको जनाए, जसलाई फाँसीवादी आक्रमणमा प्रयोग गर्न लागिएको भनिएको छ ।
भेनेजुएलामा जारी राजनीतिक अस्थिरता र विदेशी नागरिकहरूको पक्राउले देशको संकट थप गहिरिने संकेत गरेको छ ।

आरोपको खण्डन

भेनेजुएलाको सरकारले यस षडयन्त्रमा अमेरिकी संलग्नता रहेको आरोप लगाएको छ । तर, वासिङ्टनले ती आरोपहरू अस्वीकार गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मडुरोलाई सत्ताच्युत गर्न गरिएको षडयन्त्रमा अमेरिकाको कुनै हात छैन। हामी भेनेजुएलाको सङ्कटको लोकतान्त्रिक समाधानको पक्षमा छौँ ।’

स्पेनसँग पनि सम्बन्ध बिग्रँदै

स्पेनी नागरिकहरूको पक्राउपछि भेनेजुएला र स्पेनबीचको सम्बन्ध पनि तनावपूर्ण बनेको छ ।

मडुरो सरकारले स्पेनी गुप्तचर संस्थासँग पक्राउ परेका स्पेनी नागरिकहरू जोडिएको आरोप लगाएको छ, जुन स्पेनी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

स्पेनी राजदूतावासले पक्राउ परेका नागरिकहरूलाई कानुनी सहायता र पहुँच उपलब्ध गराउन माग गरेको छ ।

चुनावपछि बढ्दो विवाद

जुलाईमा सम्पन्न भएको राष्ट्रपति चुनावपछि भेनेजुएला र पश्चिमी देशहरूबीचको सम्बन्ध झन् बिग्रिएको छ ।

मडुरोलाई चुनावमा धाँधली गरेको आरोप लगाउँदै अमेरिका र स्पेनले उनलाई समर्थन गर्ने उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन् ।

विपक्षी दलले चुनावको परिणाम अस्वीकार गर्दै आफ्नो उम्मेदवार एडमुन्डो गन्जालिजले जितेको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register