पत्रकारद्वय गुरुङ र अधिकारीलाई पत्रकार महासंघ यूकेको सम्मान

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले बेलायत भ्रमणमा रहेका पत्रकारहरुलाई स्वागत, सम्मान तथा विदाइ गरेको छ । बिहीबार सांझ लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक कार्यक्रमबीच फोनिज नेपालका पूर्व अध्यक्ष डण्ड गुरुङ र नेपाल प्रेस युनियन केन्द्रिय उपमहासचिव दीलिपाश्री अधिकारीलाई एकैसाथ स्वागत, सम्मान र विदाइ गरिएको हो । पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष विमला सेनेले […]

Sep 5, 2024 - 22:51
 0
पत्रकारद्वय गुरुङ र अधिकारीलाई पत्रकार महासंघ यूकेको सम्मान

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले बेलायत भ्रमणमा रहेका पत्रकारहरुलाई स्वागत, सम्मान तथा विदाइ गरेको छ ।

बिहीबार सांझ लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक कार्यक्रमबीच फोनिज नेपालका पूर्व अध्यक्ष डण्ड गुरुङ र नेपाल प्रेस युनियन केन्द्रिय उपमहासचिव दीलिपाश्री अधिकारीलाई एकैसाथ स्वागत, सम्मान र विदाइ गरिएको हो ।

पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष विमला सेनेले गुरुङ र अधिकारीलाई खादासहित मायाको चिनो प्रदान गरिन् ।

दीलिपाले लन्डनमा आफ्नो सम्मानप्रति आभार व्यक्त गर्दै पत्रकार महासंघ बेलायतमा देखिएका केही मतभेद निराकरणका लागि नेपाल प्रेस युनियनले महासंघ केन्द्रसंग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

पत्रकार गुरुङले सम्मानका लागि आयोजकप्रति धन्यवाद दिंदै यूके शाखाले महिला नेतृत्व पाउनु उदाहरणीय भएको जनाउंदै बेलायतबाट महासंघ केन्द्रले पनि सिकोस् भन्ने कामना गरे । उनले असोज ५ मा तय निर्वाचनले केन्द्रमा समेत महिला नेतृत्व चयन गर्ने आशा व्यक्त गरे ।

गुरुङले बेलायत शाखामा पराजित भएपछि असन्तुष्टि राख्नेहरुले अर्कोपटक फेरि अवसर आउंछ भन्ने बुझेर बेलायतका पत्रकारहरु एक ढिक्का छौं भन्ने सन्देश दिन आवश्यक रहेकोमा जोड दिए ।

आदिवासी जनजाती पत्रकार महासंघ यूकेको समेत सहयोग गरेको उक्त कार्यक्रममा फोनिज यूके अध्यक्ष बम थापा सूर्यवंशीले स्वागत मन्तव्य दिएका थिए ।

शाखाका महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको कार्यक्रममा तनहुं समाज यूकेका संरक्षक एवं शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान बेलायतका संयोजक लेख गुरुङले पत्रकारहरुसंग संस्थाले विगतदेखि नै सहकार्य गर्दै आएको स्मरण गरे ।

उनले शिकारी सरदार वंशुलाई राष्ट्रिय विभूति घोषणा गर्ने पहल भइरहेको जनाउंदै पत्रकारहरुबाट पनि सहयोग अपेक्षा गरे ।

सामाजिक अभियन्ता गणेश इजम र एनआरएनए यूके पूर्व सचिव एवं वुद्धिजिवी डा. मीन रानाभाटले पत्रकारहरुलाई शुभकामना दिंदै निष्पक्ष कलम समाजलाई दिशानिर्देश गर्न सुझाव दिए ।

अध्यक्ष विमला सेनेले कोठामा बसेर केही अराजक मानसिकता भएका कथित पत्रकारहरुले शाखाको आधिकारितामाथि धावा बोल्ने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरिन् । ‘हामीलाई बेलायतको समाजले स्वीकारेको छ । तर, मानव विकासको उत्कृष्ट नमुना रहेको देशमा अराजक मानसिकता बोकेका केही कथित पत्रकारहरुले खुट्टा तान्ने र संस्थालाई बद्नाम बनाउन लागिरहेका छन्’, उनको आरोप थियो ।

पत्रकार भएपछि समाजलाई सही दिशामा लैजानुपर्नेमा उल्टो कतै कुनामा बसेर अराजकता फैलाइरहेको उनले बताइन् । अध्यक्ष सेनेले असन्तुष्टी राख्नेहरुलाई वैचारिक छलफलमा आउन पनि आव्हान गरेकी छन् ।

कार्यक्रममा उपाध्यक्ष शिव भण्डारीले धन्यवाद मन्तव्य दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register