९०० गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा अर्को कीर्तिमान बनाएका छन् । फुटबल करिअरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन्। नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले हराएको थियो । उक्त खेलमा रोनाल्डोले पनि एक गोल गरेका थिए । सो गोलसँगै उनले नौ सय गोल […]

Sep 6, 2024 - 07:37
 0
९०० गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा अर्को कीर्तिमान बनाएका छन् ।

फुटबल करिअरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन्।

नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले हराएको थियो । उक्त खेलमा रोनाल्डोले पनि एक गोल गरेका थिए ।

सो गोलसँगै उनले नौ सय गोल पूरा गरी कीर्तिमान बनाएका हुन्। साथै, रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ ।

रोनाल्डोले योसँगै पोर्चुगलबाट १३१, स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १४५, रियल म्याड्रिडबाट ४५० , युभेन्टसबाट १०१ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register