बाइडेनका छोरा हन्टरले कर मुद्दामा स्वीकार गरे आफूलाई दोषी

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले जानीजानी कर छलीको ९ अभियोगमा आफूलाई दोषी स्वीकार गरेका छन् । यसअघि हन्टर बाइडेनले सन् २०१६ र २०१९ को बीचमा जानाजानी १४ मिलियन डलरको कर नतिरेको आरोप अस्वीकार गरेका थिए । ५४ वर्षीय हन्टर आफू निर्दोष रहेको दाबी गर्दै मुद्दाको सामना गर्न चाहन्थे तर, अभियोजकहरूको आपत्तिपछि […]

Sep 6, 2024 - 07:25
 0
बाइडेनका छोरा हन्टरले कर मुद्दामा स्वीकार गरे आफूलाई दोषी

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले जानीजानी कर छलीको ९ अभियोगमा आफूलाई दोषी स्वीकार गरेका छन् ।

यसअघि हन्टर बाइडेनले सन् २०१६ र २०१९ को बीचमा जानाजानी १४ मिलियन डलरको कर नतिरेको आरोप अस्वीकार गरेका थिए ।

५४ वर्षीय हन्टर आफू निर्दोष रहेको दाबी गर्दै मुद्दाको सामना गर्न चाहन्थे तर, अभियोजकहरूको आपत्तिपछि उनी ‘दोष स्वीकार गर्न राजी’ भएका हुन् ।

तीन महिनाअघि उनी बन्दुक राख्ने र लागुऔषध प्रयोगका छुट्टाछुट्टै मुद्दामा उनी दोषी ठहर भएका थिए ।

बिहीबार उनीविरुद्धको कर छलीको मुद्दा सुरु हुन लागेको थियो र जुरी चयन गर्न लागिएको थियो तर, अन्तिम समयमा हन्टर बाइडेनले आफ्नो निर्णय परिवर्तन गरेका हुन् ।

न्यायाधीश मार्क स्कार्सीले हन्टर बाइडेनले दोष स्वीकार गरेको खण्डमा उनलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय र ५ देखि १० लाख डलरसम्म जरिवाना हुने बताएका छन् ।

उनको सजायबारे निर्णय राष्ट्रपतिको चुनाव सकिएको एक महिनापछि डिसेम्बर १६ मा लिइनेछ, जतिबेला उनका पिता जो बाइडेनको कार्यकाल समाप्त हुनेछ ।

त्यसो त राष्ट्रपति बाइडेनले यसअघि नै आफ्ना छोरालाई माफी दिलाउन आफ्नो शक्ति प्रयोग नगर्ने बताइसकेका छन् । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register