मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटना हुँदा दुई जनाको मृत्य भएको छ । झापा, कनकाई नगरपालिका-५ चप्परमारीस्थित सडकमा सुरूङगाबाट झापाबजारतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ४३७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सुन्तली टुडुको छोरा ४ वर्षीय आर्यन टुडुको बिहीबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटि अस्पताल हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप […]

Sep 6, 2024 - 09:05
 0
मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं ।

सवारी दुर्घटना हुँदा दुई जनाको मृत्य भएको छ ।

झापा, कनकाई नगरपालिका-५ चप्परमारीस्थित सडकमा सुरूङगाबाट झापाबजारतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ४३७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सुन्तली टुडुको छोरा ४ वर्षीय आर्यन टुडुको बिहीबार दिउँसो मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटि अस्पताल हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संखुवासभा, मादी नगरपालिका-९ फाविङस्थित सडकमा ओखरबोटेबाट फाविङतर्फ जाँदै गरेको को।१ ख ५१४१ नम्बरको बसबाट लडेर बसमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय भक्त बहादुर तामाङको बिहीबार बेलुकी मृत्यु भएको छ ।

बसबाट लडेर सोही बसको पछाडीको चक्काले किच्दा गम्भीर घाइते भएका उनको मादी नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register