टिकटकमाथिको प्रतिबन्ध पूर्ण रुपमा हटाइयाे

काठमाडौं । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामाग्रीहरु सम्प्रषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । […]

Sep 6, 2024 - 11:57
 0
टिकटकमाथिको प्रतिबन्ध पूर्ण रुपमा हटाइयाे

काठमाडौं ।

सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामाग्रीहरु सम्प्रषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारले टिकटकका प्रतिनिधिहरुलाई विभिन्न शर्त राखेको थियो । सरकारले राखेको उक्त शर्तहरु परिपालना गर्न टिकटक सहमत भएसँगै गत भदौ ६ गते मन्त्रिपरिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register