नेपाल श्रीलंका डेभ्लपमेन्टसँग पराजित

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टोली श्रीलंका डेभ्लपमेन्टसँग पराजित भएको छ । श्रीलंकामा शुक्रबार भएको खेलमा नेपाल डेभ्लपमेन्टसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले २६.५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । श्रीलंकाका लागि के सन्जुलाले ६८ रन बनाए । नेपालका लागि भने गुल्शन झाले २ […]

Sep 6, 2024 - 11:55
 0
नेपाल श्रीलंका डेभ्लपमेन्टसँग पराजित

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टोली श्रीलंका डेभ्लपमेन्टसँग पराजित भएको छ ।

श्रीलंकामा शुक्रबार भएको खेलमा नेपाल डेभ्लपमेन्टसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले २६.५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो ।

श्रीलंकाका लागि के सन्जुलाले ६८ रन बनाए । नेपालका लागि भने गुल्शन झाले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले भने ४० ओभरमा १५९ रनमा अलआउट भएको थियो । कुशल भूर्तेलले ५० बलमा ४३ रन र कुशल मल्लले ५५ बलमा ३५ रन बनाए ।

श्रीलंका संकेथले ४ विकेट लिए ।

राष्ट्रिय टोली सोमपाल कामीको कप्तानीमा मैदानमा प्रतिस्पर्धा गरेको थियो ।

श्रीलंका भ्रमणमा नेपालले ३ एकदिवसीय खेल खेल्ने तालिका थियो । यद्यपि, सुरूको २ खेल वर्षाका कारण रद्द भएका थिए । विश्वकप क्रिकेट लिग–२ को तयारीको लागि नेपाल श्रीलंका भ्रमणमा गएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register