एफएनसीसीआईले गर्‍यो पलेशालाई नगदसहित सम्मान (तस्वीरहरू)

काठमाडौं । पेरिस पारालिम्पिक–२०२४ मा ऐतिहासिक कास्यपदक जित्न सफल पलेशा गोवर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नगदसहित सम्मान गरेको छ । महासंघले पलेशालाई ३ लाख रुपैँया, मुख्य प्रशिक्षक कविराज नेगी लामालाई १ लाख २५ हजार रुपैँया र टोली व्यवस्थापक राम चन्द्र श्रेष्ठलाई ७५ हजार रुपैँयासहित सम्मान गरिएको हो । यससँगै महासंघले पारा […]

Sep 6, 2024 - 12:03
 0
एफएनसीसीआईले गर्‍यो पलेशालाई नगदसहित सम्मान (तस्वीरहरू)

काठमाडौं । पेरिस पारालिम्पिक–२०२४ मा ऐतिहासिक कास्यपदक जित्न सफल पलेशा गोवर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नगदसहित सम्मान गरेको छ ।

महासंघले पलेशालाई ३ लाख रुपैँया, मुख्य प्रशिक्षक कविराज नेगी लामालाई १ लाख २५ हजार रुपैँया र टोली व्यवस्थापक राम चन्द्र श्रेष्ठलाई ७५ हजार रुपैँयासहित सम्मान गरिएको हो ।

यससँगै महासंघले पारा तेक्वान्दो टोलीलाई कुल ५ लाख रुपैँयासहित सम्मान गरेको हो ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्यपदक जितेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register