गोदावरी शिव बस्तीमा भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै, राधिका दासी प्रमुख कथाबाचक

सप्ताह ज्ञान महायज्ञमा चर्चित कथावाचिका राधिका दासीको प्रवचन हुने छ । २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र उद्देश्यका साथ एक सातासम्म महायज्ञ लगाइन लागिएको हो ।

Sep 6, 2024 - 12:43
 0
गोदावरी शिव बस्तीमा भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै, राधिका दासी प्रमुख कथाबाचक

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित शिव बस्ती (ढाँड) मा भदौ २५ गतेबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ ।

पाथीभरा महिला समूहको आयोजनामा शिव बस्तीमा श्रीमद्भागवत महायज्ञ लगाउन लागिएको मूल समारोह समितिका रामभक्त बुढाथोकीले जानकारी दिए । सप्ताह ज्ञान महायज्ञमा चर्चित कथावाचिका राधिका दासीको प्रवचन हुने छ ।

बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र उद्देश्यका साथ एक सातासम्म महायज्ञ लगाइन लागिएको हो ।

राधिका दासीको कथा वाचनसहित भजन, कीर्तन एवं सांस्कृतिक तथा सामाजिक झाँकी समेत प्रस्तुत हुने पाथीभरा महिला समूहकी अध्यक्ष भगवती बुढाथोकीले जानकारी दिइन् । महायज्ञको कलश यात्रा भदौ २५ गते बिहान ७ बजे हुनेछ । उद्घाटन भने सोही दिन दिउँसो १ बजे हुने छ ।

दैनिक रूपमा बिहान ७ बजेदेखि १० बजेसम्म पूजा तथा पाठपरायण हुने छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कथा वाचन हुने छ । साँझ ७ बजेदेखि ९ बजेसम्म माहात्मे तथा सामाजिक झाँकीको कार्यक्रम हुने यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register