किशोरीलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालक पक्राउ

काठमाडौं । किशोरीहरूलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीया शर्मिला कटुवाल छन् । उनीहरूले ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । उनीहरूले ग्राहकसँग पैसा लिएर किशोरीहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ […]

Sep 6, 2024 - 12:31
 0
किशोरीलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालक पक्राउ

काठमाडौं । किशोरीहरूलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीया शर्मिला कटुवाल छन् । उनीहरूले ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

उनीहरूले ग्राहकसँग पैसा लिएर किशोरीहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरूले ग्राहकबाट एक हजारदेखि ५ हजार रूपैयाँसम्म लिएर किशोरीहरूलाई ५०० रूपैयाँ दिने गरेका थिए । ब्यूरोले रेष्टुरेन्टबाट प्रयोग भइसकेका र प्रयोग नभएका कन्डमहरू पनि बरामद गरेको छ ।

अहिले किशोरीहरूलाई सुरक्षित स्थानमा राखिएको छ भने पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register