पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ । यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अहिले एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाईंले सडक माथिबाट आएको ढुङ्गा […]

Sep 1, 2024 - 08:57
 0
पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ । यस खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा वर्षासँगै पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै अहिले एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाईंले सडक माथिबाट आएको ढुङ्गा माटोसहितको पहिरो जेसिबीको सहायताले हटाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

सडक एकतर्फी रूपमा सञ्चालनमा आए पनि पानी निरन्तर परिरहेकाले पुनः पहिरो झरेर अवरुद्ध हुनसक्ने भन्दै सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

उक्त स्थानमा सबैभन्दा बढी पहिरो जाने भएकाले जोखिमयुक्त ठाउँका रूपमा मानिएको प्रहरीले जनाएको छ । यहाँ विगत तीन वर्षदेखि बर्सेनि पहिरो जाने गरेको छ ।

सङ्घीय सरकारको करिब ११ करोड रुपैयाँमा पहिरो रोकथामको प्रयास गर्दै आए पनि काम सम्पन्न भई नसकेकाले सो स्थानमा पहिरोको जोखिम कायम नै रहेको सूचना अधिकारी चपाईंले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register