अनुहारबाट मेकअप हटाउने सही तरिका

काठमाडौं । केही कार्यक्रम हुँदा वा घर बाहिर जाँदा हामीमध्ये प्रायले मेकअप गर्छौँ । बाहिरबाट फर्किएपछि मेकअप हटाउन सीधा मेकअप रिमूभरको प्रयोग गर्छौँ । यसले मेकअप पूर्ण रूपमा सफा गर्छ । तर, केवल मेकअप रिमूभर प्रयोग गरेर सुत्दा छालालाई धेरै हानि हुनसक्छ। अनुहारबाट मेकअप हटाउन एक सम्पूर्ण प्रक्रियालाई सही रूपमा पालना गर्नुपर्छ । धेरैलाई यो […]

Sep 6, 2024 - 14:11
 0
अनुहारबाट मेकअप हटाउने सही तरिका

काठमाडौं । केही कार्यक्रम हुँदा वा घर बाहिर जाँदा हामीमध्ये प्रायले मेकअप गर्छौँ । बाहिरबाट फर्किएपछि मेकअप हटाउन सीधा मेकअप रिमूभरको प्रयोग गर्छौँ । यसले मेकअप पूर्ण रूपमा सफा गर्छ । तर, केवल मेकअप रिमूभर प्रयोग गरेर सुत्दा छालालाई धेरै हानि हुनसक्छ।

अनुहारबाट मेकअप हटाउन एक सम्पूर्ण प्रक्रियालाई सही रूपमा पालना गर्नुपर्छ । धेरैलाई यो प्रक्रियाबारे जानकारी नै हुँदैन । आज हामी तपाईंलाई मेकअप हटाउने सही तरिका बताउनेछौँ । जसले गर्दा अनुहारबाट मेकअप पूर्ण रूपमा हटोस् र अनुहार पनि हाइड्रेट पनि रहोस् ।

अनुहारबाट मेकअप हटाउन सबैभन्दा पहिले आफ्ना हातहरू राम्रोसँग धुनुहोस् ताकि फोहोर र ब्याक्टेरिया अनुहारमा नजाओस् ।

हात धोएपछि सबैभन्दा पहिले आँखा र ओठको मेकअप हटाउन एक जेन्टल मेकअप रिमूभरको प्रयोग गर्नुहोस् । यी छाला संवेदनशील हुन्छन्, त्यसैले यसलाई बिस्तारै र सावधानीपूर्वक सफा गर्नुहोस् । ध्यान दिनुहोस् कि रिमूभर आँखा भित्र नजाओस् ।

आफूसँग भएको क्लिन्जिङ आलय हातमा लिनुहोस् र अनुहार लगाएर १ देखि २ मिनेट सम्म मसाज गर्नुहोस् र पानीले धुनुहोस् ।

अब फेसवासको प्रयोग गर्नुहोस् र अनुहार धुनुहोस् । यसले तपाईंको छालाबाट बाँकी रहेको मेकअप र क्लिनिंग तेललाई पूर्ण रूपमा हटाउँछ ।

मेकअपको कारणले छालाका पोषक तत्त्वहरू कम हुन्छन् । यस्तो अवस्थामा मेकअप हटाएपछि टोनरको प्रयोग गर्नुहोस् । यसले छालाको पिएच स्तरलाई सन्तुलित गर्छ र छालाका पोर्सलाई सफा गर्छ ।

मेकअप हटाएर र अनुहार सफा गरेपछि आफ्नो छालालाई हाइड्रेट गर्नको लागि राम्रो मोइस्चराइजर लगाउनुहोस् । यसले तपाईंको छालालाई नरम राख्न मद्दत गर्छ ।

नोट : माथि उल्लेखित सम्पूर्ण सामाग्री तपाईंको छालालाई सुहाउने खालको हुनुपर्छ । जस्तो पायो त्यस्तै सामाग्रीहरू प्रयोग गर्दा तपाईंको छाला बिग्रन सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register