बालश्रम र यातनाको मुद्दामा सांसद शर्मालाई किन जोगाउँदैछ प्रहरी ? तीन महिनादेखि थन्कियो जाहेरी !

सांसद शर्माकै घरबाट १५ वर्षे बालिकाको उद्धार गरेर जेठ ३० गते बाल श्रम शोषण र यातनाको कसुरमा जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गरे पनि प्रहरीले प्रक्रिया अघि बढाउन आलटाल गरेको हो ।

Sep 6, 2024 - 14:11
 0
बालश्रम र यातनाको मुद्दामा सांसद शर्मालाई किन जोगाउँदैछ प्रहरी ? तीन महिनादेखि थन्कियो जाहेरी !

काठमाडौं । एमालेको लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले एक बालिकालाई श्रम शोषण गरेको भन्दै झन्डै तीन महिनाअघि जाहेरी परेपनि कानुनी प्रक्रिया अघि बढ्न सकेको छैन ।

सांसद शर्माकै घरबाट १५ वर्षे बालिकाको उद्धार गरेर जेठ ३० गते बाल श्रम शोषण र यातनाको कसुरमा जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गरे पनि प्रहरीले प्रक्रिया अघि बढाउन आलटाल गरेको हो ।

शर्माविरुद्ध बालबालिकालाई दास बनाउने कसुर गरेको अभियोग फौजदारी मुद्दा चलाउन भन्दै महानगरले जाहेरी दिएको छ ।

यातना दिइएको, कुटपिट तथा बाल श्रम शोषण गरिएको उजुरीका आधारमा गत जेठ १४ मा सांसद शर्माकै घरबाट किशोरीको उद्धार गरिएको थियो ।

कक्षा ७ मा अध्ययनरत ती किशोरी आफूलाई सांसद शर्माले घरेलु कामदारका रूपमा राखेको, शर्माको घरमा खाना पकाउने, कपडा धुने, फूलबारी गोडमेल गर्ने, झाडु \ पोछा लगाउने काम गराउने गरेको र शर्माले आफूलाई हात र पाइपले कुट्ने गरेको खुलाएपछि उद्धार गरिएको थियो ।

बालेन र ओलीबीच झगडाको केन्द्रमा रहेकी एमाले सांसद रेखा शर्माको कसुर के हो ? सरकारले किन जोगाउँदै छ ? (भिडिओ)

महानगरको तर्फबाट बालकल्याण अधिकारी शान्ता पहाडीले ‘बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा २ (ङ) बमोजिमको कसुर र मुलुकी अपराध संहिता, २०७४ को दफा १६३ बमोजिमको कसुर र दास बनाएको कसुर गरेको अभियोग लगाउँदै त्यसैअनुसारको सजाय हुनुपर्ने मागदाबी गर्दै जाहेरी दिएकी हुन् ।

पीडित बालिका

यस विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंले भने कानुनसम्मत अनुसन्धानलाई अगाडि बढाइरहेको प्रतिक्रिया दिए पनि काम भने अघि बढाएको छैन ।

प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी नचुकेको र कानुनसम्मत अनुसन्धानलाई अगाडि बढाइरहेको बताउँछन् । उनी भन्छन्, ‘बालबालिकाको विषय संवेदनशील हो । तथ्यमा आधारित रहेर अनुसन्धान भइरहेको छ । ’

कतिपय प्रहरी अधिकारीहरू सांसद शर्मालाई पक्राउ गरी थप अनुसन्धानका लागि अदालतबाट अनुमति नपाएको बताउँछन् । तैपनि अनुसन्धान अगाडि बढिरहेको उनीहरु बताउँछन् ।

सांसदको घरमा बालिका ‘नोकर्नी’स् सबैले खान्थे मासुभात तर, उनको भाग कुकुरलाई (भिडिओ)

तर, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भने सांसद शर्मालाई बचाउ गर्न एमाले र प्रहरी लागेको आरोप लगाउँदै आएका छन् । उनले सामाजिक सञ्जाल पोस्ट गर्दै कटाक्ष समेत गरेका थिए ।

यो विषयमा बालेन कटाक्ष गरेपछि एमाले कार्यकर्तासँग ‘भर्चुअल वार’ भइरहेको छ ।

जसको पृष्ठभूमिमा दुई मामिला छन्, जसमा सर्वोच्चको आदेश परमादेशसमेत जोडिएको छ । त्यसको कार्यान्वयनमा सत्तासीन दल एमालेले अवरोध गरेको आरोप महानगरको छ ।

सर्वोच्च र पाटन अदालतको फैसलापछि काठमाडौं महानगरपालिकाले गत भदौ ९ गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा सांसद शर्मालाई अनुसन्धानको दायरामा ल्याउन भन्दै महानगरले पत्राचार गर्यो‍ । तर महानगरले भने सर्वोच्च र पाटनबाट फैसला भएको धेरै समय बित्दा पनि प्रहरीले अनुसन्धानमा रुचि नदेखाएको आरोप लगाएको छ ।

एमालेविरुद्ध शृङ्खलाबद्ध ‘हमलाकर्ता’ बालेन पार्टी बनाउँदैछन् ?

सांसद शर्माले बढाउन भन्दै आफूले ल्याएकी बालिकालाई कतिसम्म गर्थिन् भने, ‘एकपटक अह्राएको काम बिगारेको भन्दै आफूलाई ‘मुख जलाइदिन्छु’ भन्दै धम्की दिएकी थिइन् ।

पीडित बालिका सुत्ने कोठामा कपडा मिलाउँदै । फोटो- सीधाकुरा डटकम

किशोरीलाई शर्माले घरमा काम लगाएको, कुटपिट गरेको लगायत उजुरीपछि महानगरबाट खटिएको टोलीले उनलाई उद्धार गरेको हो । उद्धार गरिएपछि महानगरले किशोरीलाई संरक्षण गृहमा राखेको छ ।

सांसद शर्माले किशोरीलाई यातना दिएकोबारे घटना विवरण

०८१ वैशाखः बालिका पढ्ने विद्यालयमा विवरण संकलन ।

०८१ जेठ १४ः काठमाडौं महानगरद्वारा किशोरीको उद्धार ।

०८१ जेठ २५ः किशोरीको बुबाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ।

०८१ जेठ ३०ः सांसद शर्माविरुद्ध बाल यातनाको जाहेरी दर्ता ।

०८१ जेठ ३१ः सांसद शर्मालाई धरपकड नगर्न उच्च अदालत पाटनको आदेश ।

०८१ असार १८ः बन्दी प्रत्यक्षीकरणको रिट खारेज ।

०८१ साउन २३ः पाटन उच्च अदालतले सांसद शर्माको मुद्दालाई दाबी प्रमाण नपुगेको ठहर ।

०८१ भदौ ५ः महानगरद्वारा सांसद शर्मालाई अनुसन्धानका लागि प्रहरीमा पत्राचार ।

बालेनको आक्रोश- पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register