शरद ऋतुलाई स्वागत गर्दै फुल्यो काँस (तस्वीरहरू)

काठमाडौं । वर्षा ऋतु सकिएर शरद ऋतु आउने संघारमा फुल्ने काँस फूलले प्राकृतिक सौन्दर्य मात्रै बढाएको छैन, वर्षायाम सकिएको पनि सङ्केत गरेको छ । विशेष गरि ऋतु फेरिने समयमा ढकमक फुल्ने यो काँस घाँसको वैज्ञानिक नाम Saccharum Spontaneum हो । यो नेपालका तराई तथा पहाडी भेगका नदी किनार र खुला क्षेत्रमा पाइने एक विशेष प्रकारको […]

Sep 7, 2024 - 13:35
 0
शरद ऋतुलाई स्वागत गर्दै फुल्यो काँस (तस्वीरहरू)

काठमाडौं । वर्षा ऋतु सकिएर शरद ऋतु आउने संघारमा फुल्ने काँस फूलले प्राकृतिक सौन्दर्य मात्रै बढाएको छैन, वर्षायाम सकिएको पनि सङ्केत गरेको छ ।

विशेष गरि ऋतु फेरिने समयमा ढकमक फुल्ने यो काँस घाँसको वैज्ञानिक नाम Saccharum Spontaneum हो ।

यो नेपालका तराई तथा पहाडी भेगका नदी किनार र खुला क्षेत्रमा पाइने एक विशेष प्रकारको जंगली घाँस हो ।

काँस घाँस प्रायः वर्षा ऋतु सकिएर शरद ऋतुमा विशेषगरी असोज-कार्तिक महिनाको समयमा फुल्छ ।

यो समय नेपालको सांस्कृतिक चाडपर्व सुरु हुने हुँदा यो फूललाई ‘चाडपर्व बोलाउने फूल’को रूपमा समेत चिनिन्छ ।

अहिले काठमाडौं उपत्यकाका डाँडाहरु काँस फुलेर सेताम्मे भएका छन् । यसको मनमोहक दृश्यले धेरैलाई लोभ्याउने गरेका छन् ।

तस्वीरहरु

     

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register