एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए । रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी यही भदौ १६ गते त्यसतर्फ प्रस्थान गरेका […]

Sep 7, 2024 - 13:51
 0
एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए ।

रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी यही भदौ १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

यही भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको सम्मेलनमा अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा भाग लिएका थिए । त्यस अवसरमा अध्यक्ष नेपालले चीन, रुसलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरूसँग भेटघाट तथा आपसी हितका बारेमा छलफल गरेका थिए ।

अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register